• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

म्यानचेस्टर सिटीका प्रशिक्षकले कोरोना भाइरस विरुद्ध अभियानमा दिए १० लाख युरो

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाले स्पेनमा कोरोना भाइरस विरुद्धको अभियानका लागि १० लाख युरो सहयोग गरेका छन् । स्पेनिस गार्डिवला अहिले बार्सिलोनास्थित घरमा छन् ।

उनले विगत केही दिनदेखि सहयोग रकम उपयुक्त तरिकाले प्रयोग गर्ने उपायहरुबारे वकिलहरुसँग सल्लाह गरिरहेका थिए ।

बार्सिलोना मेडिकल कलेज र एन्जल सोलेर डानिएल फाउन्डेसनले सुरु गरेको कोरोना भाइरस विरुद्धको अभियानका लागि गार्डिवलाले सहयोग गरेका हुन् ।

कोरोना भाइरसका कारण युरोपका बढी प्रभावित देश मध्येमा पर्छ स्पेन । स्पेनमा मंगलबारसम्म कोरोना भाइरसका कारण २६ सय ९६ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या झण्डै ४० हजार छ ।

गार्डिवलाले प्रदान गरेको रकम चिकित्सा सामग्री तथा स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक सामग्री ९पिपिई० किन्नका लागि खर्च गरिने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर