• मंगलबार १२-२५-२०७६/Tuesday 04-07-2020/ 12:48 pm

कोभिड १९ : गल्छीमा २५ जना क्वारेनटाइनमा

धादिङ ।  रोजगारीका क्रममा भारतबाट आएका  गोगनपानीका १६ युवालाई गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । ती युवामध्ये एक जनालाई ज्वरो आएपछि सबैलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद ज्ञवालीले  बताए । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने छ ।

क्वारेन्टाइनमा राखिएका युवालाई खानाको व्यवस्था गाउँपालिकाले गर्ने गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । यसअघि सम्भावित जोखिमलाई मूल्याङ्कन गरी बागेश्वरी माध्यमिक विद्यालयमा २५ शय्याको क्वारेन्टाइन कक्ष निर्माण गरिएको थियो । उनीहरुलाई सोही कक्षमा राखिएको जनाइएको छ ।

यसैगरी गल्छी १ मा नौ जनालाई आफ्नै घरमा निगरानीमा(होम क्वारेनटाइन) मा राखिएको छ । उनीहरुलाई परिवारको सम्पर्कमा नरही घरमा तर छुट्टै बस्नका लागि छाडिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले जानकारी दिए । भारतमा मजदूरी गर्न गएकाहरु घर फर्किएपछि उनीहरुलाई होम क्वारेनटाइनमा राखिएको हो । उनीहरु सबैको अवस्था सामान्य छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गराउँन बिहान पिउँनुस् अदुवा हालेको चिया !

  • २२ चैत, २०७६

काठमाडौं । बिहान अदुवा हालेको चिया पिउँदा स्वादका साथै शरीरका लागि महत्वपूर्ण फाइदाहरु समेत हुने गरेको तथ्य पत्ता लागेको छ । चिकित्सकहरुका अनुसार

कान्ति अस्पतालमा कति आइसीयू बेड खालि छ ? सुरु भयो रियल टाइम डिस्प्ले मोनिटर

  • २१ चैत, २०७६

काठमाडौं । कान्ति बाल अस्पतालमा आइसीयू बेड कति खाली छ भनेर रियल टाइम डिस्प्ले मोनिटर राखिएको छ । आइसीयूको विषयलाई लिएर अस्पतालमा विवाद हुने गरेको र

अमेरिकामा कोरोनाका कारण ६ हप्ताको शिशुको मृत्यु

  • २० चैत, २०७६

कनेक्टीकट । संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको मृत्यु भएको राज्यका गभर्नर नेड ल्यामोन्टले बताएका छन् । गभर्नर