• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भागेर कहीँ नजाउँ, मान्छे नमर्ने शहर हुँदैन...

काठमाडौं । संसारका बिकसित मुलुकमा चलेका बुलेट ट्रेनको तीब्र गति (स्पिड)  प्रति घन्टा ३ सय किलो मिटर भन्दाबढि हुन्छ । यतिबेला बिकसित राष्ट्र अमेरिकाले त्यही ‘बुलेट ट्रेनको स्पिडमा कोराना (कोभिड१९)को संक्रमण फैलिएको‘ तुलाना गरेको छ ।

झण्डै ५ सय वर्ष वरपरमा मानव जातिको मृत्युको इतिहास बदल्ने गरी फैलिएको कोरानाले आजको दिनसम्म आधा संसार लकडाउनमा राखेको छ । मानव वस्ति भएका सबै भूगोल, जातजाति, लिङ्ग, वर्ग सबैलाई हायलकायल पारेको कोरोनाले संसारभर छरिएर रहेका नेपाली समुदायलाई पनि उत्तिकै असर पारेको छ ।

हवाई यातायात, सामाजिक सञ्जाल, सञ्चारमाध्यमबाट ‘संसार एउटै गाउँ‘ भएकाले सकारात्मक, नकारात्मक खबर यत्रतत्र छाएको छ । जनसंख्याको हिसाबले दुई ठूला छिमेकी राष्ट्र चीन र भारतबीच हामी नेपाली छौं । छिमेकी राष्ट्र चीनको उहान शहरबाट फैलिएको कोरानाले अहिलेसम्म विश्वर ४ लाख २२ हजार ६ सय ५२ संक्रमित मध्ये १८ हजार ९ सय १ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये १ लाख ८३ हजार ४१ जना निको भएका छन् । 

अहिलेसम्म नेपालमा ३ जना संक्रमित भेटिएका छन् । एक जना निको भइसकेका छन् भने दुई जना उपचाररत छन् । नेपालका लागि यो पहिलो चरण हो । मुलुक दुई दिनदेखि लकडाउन छ । शहरबाट ठूलै लर्को गाउँ पसेको छ । केही विदेशबाट आएर समेत गाउँमै पुगेका छन् । विश्वभरका संक्रमण घट्ना यो या त्यो अर्थमा नेपालीले बुझेका छन् । सरकारको निर्णयले अप्ठ्याराकाबीच स्वीकार्य भएको छ ।

खुला सीमा, रोटीबेटीसँग सम्बन्ध जोडिएको दक्षिणी छिमेकी मुलुक भारतले समेत आजदेखि २१ दिने लकडाउन गरेपछि नेपालले थप सुरक्षा व्यवस्था मिलाउने मौका पाएकाको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले पहिलो दिनको लकडाउन बारे प्रतिक्रिया दिदैं भनेका थिए– ‘जनताले साथ दिएका छन् । अब, हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ ।“ यही समयलाई मन्त्री खतिवडाले भनेकै शब्दमा सरकार अघि बढ्नुपर्ने छ । केही आलोचनाबीच जनताले सरकारलाई साथ दिएका छन् । संक्रमण कुन हद्सम्म अघि बढेकोछ, भन्ने विषय न्यूयोर्क शहरले भने जस्तै बुलेट ट्रेनको गतिमा छ ।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई लकडाउन गर्दै एक अर्ब ३० करोड जनता सुरक्षाका निम्ति कोही पनि घर बाहिर ननिस्कन आव्हान गरेका छन् । ‘लकडाउन कफ्र्यु नै रहेको र जो जुन घरमा छ, त्यही घर लक्ष्मण रेखा भएकाले घरबाट बाहिर ननिस्कनु“ मोदी मंगलबार साँझ सम्बोधनमा भनेका छन् ।
..............

कालजयी गीतका शब्दहरुले किन मान्छेको भक्कानो छुट्छ रु विश्व नै शोक्मग्न भएको बेला घरीघरी वरिष्ठ गीतकार कृष्णहरि बरालले लेखेको गीतको झल्को यतिबेला धेरैलाई आएको छ–
मर्ने कसैलाई रहरह हुँदैन...
तर, न मरेको प्रहर हुँदैन...
भागेर जाउँ, कुन ठाउँ जाउँ..
मान्छे नमर्ने शहर हुँदैन..

कोरोना संक्रमण बुलेट ट्रेनको स्पिडमा देखिएको भनि चिन्ता व्यक्त गरिएको न्यूयोर्क शहरबाट पत्रकार आङछिरिङ शेर्पाको यस्तै पींडा पोखेका छन् । दक्षिण एशियाबाट सरगमाथाको शिखर चुम्न सफल पहिलो पत्रकार शेर्पा कुनैबेला कान्तिपुर दैनिकमा काम गर्थे । हाल न्यूयोर्कमा रही एक पाक्षिक पत्रिका सञ्चालन गरी बसेका शेर्पा नेपाल पत्रकार महासंघका मनोनित केन्द्रीय सदस्य समेत थिए । शेर्पा लेख्छन्–  ‘अमेरिकामा रहेका नेपालीहरु यतिखेर कोरोनाको चपेटामा परिरहेका छन् । अहिले सबैभन्द धेरै न्युयोर्कमा कोरोनाको संक्रमण बढेको छ ।

 

कुनै समय स्पेशटाइम दैनिक लगायत पत्रिकामा सशक्त कलम चलाएकी पत्रकार अनुराधा पौडेल यतिबेला फ्रान्समा बस्छिन । फ्रान्सबाट नेपाल फर्किएकी एक किशोरी कोरोना संक्रमित भएको पुष्टि भएपछि सर्वसाधारणले पनि फ्रान्सको नाम नसुन्ने कुरै भएन । कलम चलाई रहने पौडेलल फ्रान्सको पछिल्लो संक्रमणको तितो पोख्दै लेख्छिन– ‘अहो कति नकारात्मक समाचार दिउँ । माफ गर्नुहोला छु नै नकारात्मक वातावरणमा । फ्रान्समा ८ लाख हजुरबुबा र हजुरआमाहरु बृद्दाश्रमहरुमा बस्नुहुन्छ ।

 

न्यूयोर्कमा कतिपय नेपालीहरु बिरामी भएर अस्पताल जान सकेको छैनन् । केही संक्रमित भएर पनि कसैलाई बताउँन चाहेको छैनन् । उपाचारको क्रममा न्यूयोर्कमा आज राती अनिल लिम्बुको मृत्यु भयो । अहिले मृतकको परिवार र आफन्तहरु के गर्ने कसो गर्ने भनेर अलमलमा परेका छन् । उनीहरु कहाँ जाने के गर्ने रु अन्तेष्टी कसरी गर्ने रु परिवारलाई कसरी सहयोग गर्ने बारेमा अनभिज्ञ छन् । नेपाली समुदायमा यस्तो दुःखद् निधन कसैको नहोस् भनी प्रर्थना गरौं । यस्तै दुःख अरुलाई पनि नपर्ला भन्न सकिन्न यदि कसैलाई भईहालेमा उनीहरुलाई कसरी सहयोग गर्ने ?‘

कुनै समय स्पेशटाइम दैनिक लगायत पत्रिकामा सशक्त कलम चलाएकी पत्रकार अनुराधा पौडेल यतिबेला फ्रान्समा बस्छिन । फ्रान्सबाट नेपाल फर्किएकी एक किशोरी कोरोना संक्रमित भएको पुष्टि भएपछि सर्वसाधारणले पनि फ्रान्सको नाम नसुन्ने कुरै भएन । कलम चलाई रहने पौडेलल फ्रान्सको पछिल्लो संक्रमणको तितो पोख्दै लेख्छिन– ‘अहो कति नकारात्मक समाचार दिउँ । माफ गर्नुहोला छु नै नकारात्मक वातावरणमा । फ्रान्समा ८ लाख हजुरबुबा र हजुरआमाहरु बृद्दाश्रमहरुमा बस्नुहुन्छ । पेरिसको १२ नम्बर वडामा रहेको एक बृदाश्रममा कोरोनाका कारण १६ जना हजुरबुबा र हजुरआमाहरुले मृत्यूवरण गर्नुभयो भने त्यहि बृद्दाश्रममा ९१ जना हजुरबा र हजुरआमाहरुमा कोरोना सल्केको छ । त्यहा सबै हजुरबा र आमाहरु बन्द कोठामा हुनुहुन्छ । कसैलाई पनि बाहिर निस्कन र भित्र छिर्न दिइएको छैन । भर्खरै यो सूचना बाहिर आएको छ ।

उता स्पेनको मेड्रिडमा पनि एक बृद्श्रमका कर्मचारीहरु उपचारका लागि सामानहरु नपाएपछि सबै भागेको र त्यहा रहनुभएका हजुरबा र आमाहरुलाई त्यतिकै मृत्यूवरण गर्न छाडिएको भनि अमानविय खबर आएको छ । अहिले यो बृद्दाआश्रमलाई सेनाले नियन्त्रणमा लिएको र सरसफाइ गरिरहेको देखाइएको छ ।

मनमा लागेको कुरो नि यि हजुरबुबा र हजुरआमाहरु तिनै हुन् जसले दोस्रो बिश्वयुद्दले क्षतबिक्षत युरोप उठाए । परिवार गुमाए र नयाँ युरोप बनाए । रिटायरमेन्टपछिका केहि बर्ष आरामले पनि जिउन पाएनन । हुँदा हुँदा चिर शान्तिमा जाने बेला परिवारका सदस्य साथमा पनि भएनन । उहाँहरुका शबहरु सेनाले नियन्त्रणमा लिएर जलाउन लग्दैछ । 

मेरो आँखाबाट आँशु झरिरहेछ सरी । यूरोपले कोरोनालाई सामान्य नठानौँ भन्ने सन्देश दिइरहेको छ है ।‘ संयोग भनौं नेपालमा नेपालीको कोरोनाबाट अहिलेसम्म मृत्यु भएको छैन । तर, नेपाली बेलायत र अमेरिकामा संक्रमणकै कारण दुई नेपालीको मृत्यु भएको छ । गोरखा भूतपूर्वसँगै विभिन्न चरणमा बेलायत प्रवेश गरी त्यहाँ रैथाने भएका नेपालीको दुःख उत्तिकै छ । कान्तिपुरमा बेलायतबाट समाचार लेख्ने पत्रकार नविन पोखरेलले एक समाजिक अभियान्ता भगवती रानाभाट संक्रमणका कारण अस्पताल भर्ना भएकी समाचार लेखे ।

अहिले रानाभाट निको भइसकेकी भनेर सामाजिक सञ्जालमा आएको छ । संसारभर फैलिएको कोरोनाको संक्रमण सम्बन्धि सूचना र सहयोग गर्न नेपाली समुदायबीच बेलायतमा एक समिति गठन गरिएको छ । एक मूल समितिसहित विषयगत रुपमा समिति निर्माण गरिएको छ । जसले नेपाली समुदायलाई एक ठाउँ बनाएको छ । 

विपत् छ । तर, रोक्न सकिन्छ । विश्वभर फैलिएको कोरोना संक्रमणले चुनौतिसँगै दुखान्त नयाँ इतिहाससँगै केही अबसर छोड्ने पूर्वअनुमान गर्न सकिन्छ । विश्वभरका मानव जाति एउटै भाइरससँग एक जुट भएर जुढ्ने मौका, रोगले सबै वर्ग, समुदाय, लिङ्ग, रंगलाई छोड्दैन भन्ने पाठ सिकाई, विश्वरभर देखिने आर्थिक मन्दीबाट कसरी अघि बढ्ने नयाँ बिचार जन्माउने छ । यतिबेला हामी जहाँ छौं सोही बमोजिम राज्यले घोषणा गरेका कानुन र स्वास्थ्य सल्लाह बमोजिम रह्यौं भने फेरी बाँचेरै गर्न सकिन्छ । त्यसैले कृष्णहरि बरालकै गीतका शब्दमा भन्नुपर्दा–

मर्ने कसैलाई रहरह हुँदैन..
तर, न मरेको प्रहर हुँदैन..
भागेर जाउँ, कुन ठाउँ जाउँ..
मान्छे नमर्ने शहर हुँदैन..
त्यसैले भागेर कहीँ नजाऔं । जहाँ छौं, तपाईंको लक्ष्मण रेखा त्यहीँ हो । त्यही सुरक्षित छ । मान्छे नमर्ने शहर कहीँ हुँदैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर