• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अमेरिकामा २ खर्ब डलरको आपतकालीन राहत प्याकेज, हरेक नागरिकलाइ १२ सय डलर

एजेन्सी । कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकामा हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषय समेटिएको प्याकेज सिनेटबाट पारित भएको छ। 

२ खर्ब अमेरिकी डलरको यो प्याकेजमा एक करदातालाई १२ सय डलर, विवाहितलाई २४ सय डलर र १७ बर्षभन्दा कम उमेरका परिवारका सदस्यका लागि थप ५ सय डलर प्रदान गरिने उल्लेख गरिएको छ। वार्षिक ७५ हजारभन्दा कम आम्दानी हुने एकजनालाई १२ सय डलर प्रदान गरिने छ। यदि दम्पत्तिले ज्वाइन्ट ट्याक्स फाइल गरेका छन् र उनीहरुको आम्दानी वार्षिक १ लाख ५० हजार भन्दा कम रहेको छ भने उनीहरुले २४ सय डलर प्राप्त गर्नेछन्।

कोरोना भाइरसले आक्रान्त पारेको अमेरिकी अर्थतन्त्र उकास्नका लागि अमेरिकी सिनेटरहरूले २ खर्ब डलर बराबरको आर्थिक राहत प्याकेज विधेयक बुधवार पारित गरेका छन् । निकै लामो समयसम्म विवाद चलेपछि बल्ल आएर प्याकेज कानून पारित गरिएको छ ।

सिनेटरहरूले अमेरिकी समयअनुसार बुधवार अबेर राति विधेयकमा मतदान गर्दै पारित गरेका हुन् । चारजना रिपब्लिकन सिनेटरहरूले राखेको संशोधनलाई खारेज गर्दै विधेयक पारित गरिएको हो । बेरोजगारहरूलाई पैसा दिने प्रावधानमा ती सिनेटरहरूले आपत्ति जनाएका थिए । 

लामो समय विवाद भए पनि विधेयक सर्वसम्मपतिले पारित गरियो । कुल १०० सीट भएको सिनेटमा विधेयकका पक्षमा ९६ मत परेको थियो भने चारजना सिनेटर मतदानमा अनुपस्थित रहे । उनीहरू कि त कोरोना संक्रमित छन् कि त सेल्फ आइसोलेसनमा छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर