• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

दिन कटाउँन गाह्रो भयो ? घरमै बनाउँनुस् यसरी स्वादिलो चटपटे !

काठमाडौं । चटपटे खान मन लाग्छ । त्यसैले त चटपटे बेच्नेहरूकोमा बेलुकीपख मानिसहरू, विशेषगरी युवतीहरू, को भीड लाग्छ । आज हामी चना चटपटे बनाउन सिकाउँछौं । सजिलो छ यो बनाउन ।

सामग्री :

२०० ग्राम चना

१२० ग्राम प्याज

१५० ग्राम उमालेको आलु

९० ग्राम गोलभेंडा

दुईवटा हरियो खुर्सानी

दशवटा मुंगफली बदाम

आधी चम्चा चाट मसला

आधी चम्चा बीरे नून

एक चौथाइ चम्चा जीराको धूलो

कागतीको रस

७० मिलिलिटर चूकअमिलो

एक मुठो ताजा धनियाँ

सबभन्दा पहिला चना उमाल्नुस् । त्यसपछि एउटा ठूलो कचौरामा उमालेको चना र सबै सामग्रीलाई मज्जाले मिसाउनुस्  अनि बन्छ घरमै स्स्वादिलो चटपटे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर