• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

होम क्वारेन्टाइनमा बसेका युवाको बकपत्रः 'समाजको असामाजिक पीडा झेल्दैछु'

फाइल फाेटाे

बागलुङ। कुनैबेला निको नहुने रोगका नाममा कुष्ठ रोग थियो । त्यसपछि क्षय रोग । जब, यी रोगले मान्छेलाई छोएपछि रोगी व्यक्ति त ‘अछुत’ हुने नै भयो । उसका परिवार, आफन्तसमेत समाजमा एकखाले ‘बहिष्कारण’भित्र पर्थे । यी दुई रोगले देशका कुनाकाप्चामा बर्षौं पींडा भोगेको समाज ।

जब, ती रोगका औषधी पत्ता लाग्यो नेपाली समाजले छुट्टै ओडार, गोठमा बसेर अछुतको पींडाबाट मुक्त बने । यतिबेला फेरि नेपाली समाजमा जर्बजस्त त्यस्तै वातावरण बनाउँदै गएको छ, कोरोना भाइरस (कोभिड–१९)ले ।

रोग लागोस्, नलागोस् जर्बजस्त मिडिया, ‘कथित’ स्वयंसेवीको हुल बाँधेर होम क्वारेन्टाइनमा बसेका व्यक्तिको व्यक्तिगत गोपनियताको ख्याल नगर्दा मानसिक रुपमा झन् बिमारी हुने अवस्था सृजना भएको छ । सामाजिक सञ्जाल सस्ता मिडियाबाजीबाट आजित बनेका छन् । अहिले बागलुङ, ढोरपाटन–५ का युवा होम क्वारेन्टाइनमा छन् । तर, उनी टेलिफोन र समाजले हेर्ने दृष्टिकोणबाट पींडित बनेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आइसोलेशनमा उपाचाररत युवती चढेको जहाजमा चढेका कारण ढोरपाटनका ती युवक २ दिनदेखि होम क्वारेन्टाइनमा बसेका छन् । कातार एयरवेजको ‘क्यूआर ६५२’ बाट आएका ती युवाको एकाएक नाम सार्वजनिक भएपछि नगर प्रमुख, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको टोलीले घरमै पुगेर होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको थियो ।

जब, उनी होम क्वारेन्टाइनमा बसे त्यसपछि निरन्तर फोन, सामाजिक रुपमा आफ्ना परिवारलाई हेर्ने नजर नै भिन्न पाएपछि उनले स्वास्थ्यकर्मीसँग चिन्ता व्यक्त गरेका छन् । होम क्वारेन्टाइनबाट उनले भने– ‘मलाई त्यस्तो खासै केही भएको थिएन । अस्तिदेखि होम क्वारेन्टाइनमा बसेँ ।

मेयरसहितको स्वास्थ्यकर्मीहरुको नियमित निगरानीमा छु । तर, काठमाडौंदेखि देशैभरीबाट फोन आयो । मलाई र मेरो परिवारलाई छिछि, दुरदुर गर्न थाले । चेतना कम छ । फेसबुकम जे पायो त्यही लेख्न लागे । कतिपयले त रवि लामिछानेको कार्यक्रममा बोल्नु पर्यो भनेर फोन गर्छन । म हैरान भएको छु । आजबाट कसैको फोन उठाउँदिनँ । हिजो बिहान चिसो पानीले नुहाएको हुँ । अलेली खोकी र रुघा लागेको छ । तर, यसका लागि आत्तिएको छैन ।

स्वास्थ्यकर्मीले ज्वरो नाप्ने डिजिटल थर्मामिटर दिएका छन् । बिहान, दिउँसो, बेलुका नापी रहेको छु । ९६, ९७ डिग्री फरेनहाइट छ । डाक्टरहरुले यसलाई सामान्य भनेका छन् । खोकी र रुघाका लागि आजै बिहान औषधी छोडेर जानु भएको छ डाक्टर ऋतु सरले ।’

होम क्वारेन्टाइनमा बसेका युवाकै घर नजिक बसोबास गर्ने स्वास्थ्यकर्मी ऋतुवर्ण पौडेले सामाजले नै उसलाई झन् बिमारी बनाउन लागेको अनुभव सुनाए ।

‘बिहान, दिउँसो, बेलुका ज्वरो नापेर उसैले रेकर्ड राखेर मलाई देखाई राखेको छ । फेसबुक लगायत सामाजिक सञ्जालमा अनेक टिप्पणी र मोबाइलमा अनेकथरीले फोन गरेपछि उ झन् बिमारी हुने अवस्थामा पुगेको छ । अहिले छरछिमेकले समेत नकारात्क टिप्पणी गर्न थालेपछि उसले चिन्ता व्यक्त गरेको छ’, समाचारदैनिकसँग स्वास्थ्यकर्मी पौडेलले भने– ‘हिजो बिहान चिसो पानीले नुहाएको रहेछ । सामान्य रुघा, खोकी लागेको रहेछ । तर, उसको शरिरको तपक्रम ९६,९७ डिग्री फरेनहाइट छ, ९८.६ डिग्री फरेनहाइटलाई सामान्य मानिन्छ ।’

ती युवामा कोरोनाको त्यस्तो कुनै लक्षण देखिएको छैन । तर, सुरक्षाका लागि होम क्वारेन्टाइनमा बसेपछि समाजले नै उसलाई संक्रमित नै भयो भन्ने ढंगले प्रस्तुत गरेपछि उनी तनाबमा परेका छन् । मुलुक लकडाउनमा रहेको बेला सबैलाई घरभित्र बस्न सरकारले आव्हान गरिरहेको छ ।

संक्रमित युवती चढेकै जहाजमा चढेकाले संक्रमण हुन सक्छ भनि सुरक्षा गरिएकोलाई गलत अर्थ लगाएपछि उनी समाजबाट ‘बहिष्करण’मा पर्ने पात्रमा देखिएका छन् । भ्रम निवारण गर्न ती युवाको स्वाब लिने कुनै उपकरण नभएकाले लिइएको छैन । चिकित्सकले प्रयोग गर्ने आवश्यक समाग्री नभएकाले उनको स्वाब पठाउन नसकिएको नगर स्वास्थ्य संयोजक घनश्याम चालिसेले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर