नेपाल एयरलाइन्सको विमान दुर्घटना
काठमाडौं । नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा गएको विमान दुर्घटनामा परेको हो ।
विमान रन–वे नजिकै ‘अन्डरसुट’ भएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए ।
‘ल्यान्ड गर्दा धावनमार्ग भन्दा अलिकति अगाडि गयो, तर, जहाज रोकिइसकेका कारण कुनै दुर्घटना भएन’ उनले भने ।
घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ । अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जानेछ ।
प्रतिकृया दिनुहोस