• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

क्वारेन्टाइनमा बसेका बिरामीमा सुधार

दुल्लू ।  दैलेखको पश्चिम आठबिसको क्वारेन्टाइनमा राखेर उपचार गरिरहेका बिरामीको स्वास्थ्यमा सुधार आएको छ । गएको बिहीबारदेखि क्वारेन्टाइनमा राखिएका बिरामीको स्वास्थ्यमा सुधार आएको स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले दिए । बिरामीलाई क्वारेन्टाइनमा ल्याउनुअघि ज्वरो र खोकी बढी मात्रामा थियो । उनले भने ,“बारम्बारको निगरानी र नियमित उपचारले पहिलेभन्दा सुधार भइरहेको छ । ”

दुई बिरामीमा कोरोना छ कि छैन भनेर स्वाब परीक्षणका लागि चिकित्सक टोलीले शुक्रबार नै नमूना लगिसकेको छ । “क्वारेन्टाइनमा ल्याउँदा बिरामीले खाना खान्थे, नियमित निगरानी गर्दा सहजै खान थालेका छन् ।”, तिमिल्सेनाले भन्नुभयो, शौचालय आफैँ जानछन् । क्वारेन्टाइनमा ल्याउँदा सहयोगी चाहिन्थ्यो । अवस्था कमजोर थियो । आजभोलि क्रमिकरूपले सुधार भइरहेको छ ।” 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर