कोरोनाका कारण विश्व अर्थतन्त्रमा १० खर्ब डलर क्षती हुने संयुक्त राष्ट्र संघको आंकलन

काठमाडाैं । संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास हेर्ने निकाय (युएनसीटीएडी)ले अहिलेको कोरोनाभाइरसको प्रकोपबाट विश्व अर्थतन्त्रमा कम्तीमा १ खर्ब डलर खती हुने आंकलन सार्वजनिक गरेको छ । सोमबार युएनसीटीएडीले, कोभिड–१९ कोरोनाभाइरसको महामारीले सन् २०२०मा मानवीय क्षती बाहेक विश्व अर्थतन्त्रमा १० खर्ब डलरको क्षती पुर्याउने दाबी गरेको हो । 

‘यस वर्ष हामीले महामारीले विश्व अर्थतन्त्रमा २ प्रतिशत सुस्ती ल्याउने परिकल्पना गरेका छौं, त्यसको लागत १० खर्ब डलर पर्नेछ’, युएनसीटीएडीको विश्वव्यापीकरण तथा विकास विभागका निर्देशक रिचार्ड कोजुल–राइटले भनेका छन् । चीनमा प्रकोपका कारण आपुर्ति श्रृखला अबरुद्ध बनेको र तेलको मुल्यमा आएको अस्थिरताका कारण विश्वको वित्तिय बजार धर्मराएको छ । यस्तोमा महामारीको वित्तिय गडबडीबाट कुनैपनि मुलुक अछुतो नरहने चेतावनी पनि उनले दिएका छन् ।

विश्वको अर्थतन्त्र वृद्धिदर शुन्य दशमलब ५ प्रतिशतमात्रै भयो भने त्यो विश्वका लागि प्रलयको दिन हुने र त्यसले विश्वको जीडीपीमा कम्तीमा २० खर्ब डलर खती गर्ने उनिहरूको ठहर हो । 

खर्च बढाउन सुझव 

युएनसीटीएडीले यी डरको जवाफ दिन र विश्व अथर्तन्त्रलाई धराशायी हुन बाट जोगाउन सरकारहरूलाई खर्च बढाउन सुझाव दिएको छ । यसमा चीन तथा अमेरिका जस्ता मुलुकहरूले कसरी प्रतिक्रिया जनाउलान् भनेर सोधिएको प्रश्नमा युएनका एक वरिष्ठ अर्थशास्त्रीले चीन सरकारले खर्च बढाउने एवं कर कटौती जस्ता उल्लेख्य विस्तारवादी उपायहरू अपनाउने बताएका छन् । ‘उसले पक्कै त्यही गर्नेछ’, उनले भनेका थिए, ‘चुनावको वर्ष भएकोले अमेरिकी सरकारले चाहि कर कटौती र ब्याज दर घटाउने बाहेकका अन्य प्रतिक्रियाहरू अपनाउला भन्नेमा मलाई शंका छ ।’ 

‘यसक्षेत्रको अर्थतन्त्रले सन् २०१९ देखी नै खराब प्रदर्शन गरिरहेको  र युरोपले अहिले मन्दीको सामना गरिरहेको छ’, युरोप र युरोजोन तर्फ फर्कदै कोजुल–राइट भन्छन्, ‘उनिहरू आउदाँ महिना थप मन्दीमा जाने लगभग निश्चित छ । विशेषगरी जर्मनीको अर्थतन्त्र निकै कमजोर छ ।’

इटाली लगायत युरोपका अन्य भागहरू पनि अहिले गम्भीर दबावको सामना गर्दैछन् । ल्याटिन अमेरिकाको अवस्था झनै राम्रो छैन, त्यसक्षेत्रका अधिकास मुलुक उस्तै कमजोर छन् । अर्जेन्टिना  संकटको मार झेल्न संघर्षरत छ । 

त्यसैगरी, कमोडिटी प्रधान मुलुकहरू चाहि डलरको मजबुतीबाट मार खेप्दै छन् । त्यसैले, कच्चा पदार्थको बिक्रिबाट धानिएका अति कम विकसित मुलुकहरूको अर्थतन्त्र पनि मन्दीबाट अछुत रहने छैन । अतिशय ऋणले थिचिएका विकासशिल मुुलुक, विशेषगरी कमोडिटी निर्यातकहरू, निश्चितखालको खतरा सामना गरिरहेका छन् । ‘लगानीकर्ता आफ्नो लगानीको सुरक्षा खोज्न मजबुत डलर तर्फ लागेका छन् । विश्वव्यापी आर्थिक मन्दीका कारण कमोडिटीको मुल्य बढ्ने पनि निश्चित छ । यस्तोमा कमोडिटी निर्यातकहरू विशेषगरी जोखिममा हुनेछन्’, उनले भनेका छन् । 

महामारीको खतरा वास्तवीक : टेड्रोस

विश्व स्वस्थ्य संगठनका प्रमुख टेड्रोस आधानोम घेब्रेससले सोमबारको पत्रकार सम्मेलनमा कोभिड १९को खतरा वास्तवीक संकट भएकोमा जोड दिएका छन् । घेब्रेुससले अहिलेसम्म ९३ प्रतिशत मृत्यु केवल चार मुलुकमा रहेको कुरालाई विशेष जोड दिदैं विश्वव्यापी संक्रमणको दरलाई एकलाखको माइलस्टोन दर पार गर्न दिनु हुने थिएन, यो रोगलाई नियन्त्रण गर्ने संकल्पमा पानी फेरिनु हुँदैन थियो भनेका छन् । ‘यो नै इतिहासमा नियन्त्रण गर्न सकिएको पहिलो महामारी बन्न सक्छ । हामी भाइरसको बशमा छैनौं यो नै मुख्य कुरा हो,’ उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर