चितवन : कोरोना अस्पतालमा उपचार लिने बढे, यस्तो छ सावधानिको तयारी र लकडाउनको प्रभाव
चितवन । चितवनका स्थानीय तहले हालै विदेशबाट आएकाहरुको पहिचान गरि सावधानी अपनाउन सक्रियता देखाएको छ ।
लकडाउनलाई सफल बनाउन र कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जनप्रतिनिधि, प्रहरी र प्रशासन एकसाथ अघि बढिरहेका छन् ।
कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहले वडाहरुलाई विदेशबाट आएकाहरुको निगरानि राख्न भनेको छ ।
संघीय सरकारको आदेश बमोजिम स्थानीय तहले वडा कार्यालयहरुलाई हालै स्वदेश आएकाहरुको बारे विवरण लिन भनेको छ । अत्यावश्यक बाहेकका सरकारी कार्यालय पनि बन्द भएपछि जनप्रतिनिधीहरु स्वदेश आएकाहरुको खोजीमा लागेका छन् ।
भरतपुर महानगरपालिकाको सबैभन्दा धेरै जनसंङख्या भएको भरतपुर ११ ले पनि आफ्नो वडामा कोरोनाको संक्रमण फैलन नदिन विभिन्न गतिविधि संचालन गरिरहेको छ । वडाध्यक्ष बाबुराम अधिकारी आफै टोलटोलमा पुगेर नागरिकलाई कोरोनाबारे जानकारी गराउँदै घरबाट बाहिर ननिस्कन आब्हान गरेका छन् । उनले विदेशबाट वडामा आएकाहरुको तथ्याङक संकलन गरेर उनिहरुलाई होम क्वारेन्टाइनमा बस्न कडाइका साथ निर्देशन दिएको बताए ।
‘विदेशबाट आएकाहरुको हामीले नियमित निगरानी गरिरहेका छौं, अध्यक्ष अधिकारीले भने, अपरिचित व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ ।’ स्थानिय प्रहरी प्रशासन र विपत व्यवस्थापन समिति मार्फत पनि कोरोनाको संक्रमण रोक्ने विषयमा छलफल र अभियान संचालन गरिरहेको उनले बताए ।
रोगका संक्रमण नभएपनि सुरक्षाका लागि कतिपय आफ्नै घरभित्रै बसेको पाइएको समेत वडा अध्यक्ष अधिकारीले वताए ।
चितवनमा कोरोना अस्पतालबाट सेवा लिने बढ्दै
कतार एयरवेजबाट आएकी कोराना सक्रमित युवतीसँगै आएका चितवनका ६ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर कोरोना विशेष अस्पतालले यो समाचार तयार पार्दासम्म १ सय ९५ जनालाई सेवा दिएको छ । अस्पतालको ओपीडीबाट आजमात्रै २४ जनाले सेवा लिएका छन् भने ६ जना भर्ना भएर बसेका छन् । अहिलेसम्म २९ जनाको नमुना परीक्षणको लागि टेकु प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको अस्थायी कोरोना अस्पतालका प्रवक्क्ता एवं वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले जानकारी दिए ।
उता भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीलाई उपचार गर्नको लागि ३० शैयाको आईसोलेसन वाड तयारी गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले भने, कोरोना प्रमाणित भएकाहरुको उपचार सरकारी अस्पतालमा हुन्छ । त्यसको सम्पूर्ण तयारी हामीले गरिरहेका छौँ ।
कोरोना नियन्त्रणमा समग्र चितवनको तयारी
७२ घण्टामा ७० शैयाको अस्पताल निर्माण गर्न सफल भरतपुर महानगर सफल भएको छ । महानगरको ७० शैयाको कोरोना अस्पतालसंगै समग्र चितवनमा ३ सय ९६ शैयाको क्वारेन्टाईन निर्माण गरिएको छ ।
महानगर आफ्नै नेतृत्वमा भरतपुर कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो । यस अस्पतालमा १० शैयाको सघन उपचार कक्ष, १० शैयाको एचडियू सघन उपचार कक्षमा राख्नुपूर्व बिरामी राख्ने ठाउँ र ५० साधारण शैया सञ्चालनमा आएका छन् । चितवन उद्योग संघको चितवन प्रदर्शनी केन्द्रको दुईवटा हललाई अस्पतालका रुपमा स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
महानगरप्रमुख रेनु दाहालले ‘मेडिकल सिटी भएकाले देशका विभिन्न जिल्लाबाट आउने बिरामीलाई समेत लक्षित गरेर अलग्गै अस्पताल सञ्चालनमा ल्याएको बताइन् । उनले भनिन, ‘हाम्रो यहाँ सुविधासम्पन्न अस्पतालहरु भएकाले देशका विभिन्न जिल्लाबाट बिरामी आउँछन् । उनीहरुलाई पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यो आँट हामीले गरेका हौँ ।’
महानगरसँगै जिल्लाका पाँच नगरपालिका र एक गाउँपालिका यतिबेला आ–आफ्नो ढङ्गले सङ्क्रमणको रोकथाममा जुटेका छन् । रत्ननगरको गुञ्जमान अस्पताल र बकुलहर अस्पतालमा आइसोलेशन कक्षहरु निर्माण गरिएको छन् ।
त्यसैगरी रत्ननगर नगरपालिकाको विभिन्न स्थानमा गरी ९० शैयाको क्वारेन्वटाईन निर्माण गरेको जनाएको छ । यस्तै खैरहनी नगरपालिकामा ६६ शैयाको क्वारेन्टाइन स्थापना गरिएको छ । राप्ती नगरपालिकामा १५ शैयाको क्वारेन्टाईन निर्माण गरिएको छ ।
त्यसैगरी कालिका नगरपालिकाको २५, माडी नगरपालिकामा १०५ शैया र इच्छाकामना गाउँपालिकाले १० शैयाको क्वारेन्टाईन निर्माण गरेका छन् । उता जिल्ला कारागार चितवनमा १५ शैयाको क्वारेनटाइन स्थापना गरिएको छ ।
लक डाउनको प्रभाव
चित छैटौ दिनसम्म आईपुग्दा चितवनमा लक ढाउनको प्रभाव देखिएको छ । चितवनमा उल्लघंन गरेकालाई प्रहरीले पक्राउ गरी कारर्वाही गर्ने गरेको छ । लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट । बाहिर निस्किएको भन्दै ती व्यक्तिहरूलाई कारर्वाहि गर्ने गरेको छ । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिड्न पाउने प्रहरी जनाएको छ ।
सरकारले घोषणा गरेको लकडाउन अन्र्तगत अत्यावश्यक बाहेकका चितवनका सबै निजि तथा सार्वजनिक संघसंस्था, बजार, पसल, कलकारखाना सबै बन्द रहेका छन् । चोक चोकमा प्रहरी परिचालन गरि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतिकृया दिनुहोस