• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मुकेश अम्बानीको दूरसञ्चार कम्पनी जियोमा फेसबुकले ५.७ अर्ब डलर लगानी गर्ने

एजेन्सी । सामाजिक संजालको विश्वप्रसिद्ध संस्था फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो प्लेटफर्ममा ५.६ अर्ब डलर अर्थात् ४३ हजार ५७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जियोको करिब १० प्रतिशत शेयर फेसबुकले खरिद गर्नेछ । 

रिलायन्स इन्डस्ट्रिजद्वारा बुधबार जारी विज्ञप्तिमा फेसबुकले जियो प्लेटफर्ममा हुने लगानी सम्बन्धी एक सम्झौतामा रिलायन्स इन्डस्ट्रिज, जियो प्लेटफर्म र फेसबुकबीच सम्झौता भएको उल्लेख छ ।  जियो भारतको सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीद्वारा सञ्चालिन दूरसञ्चार कम्पनी हो ।

चार वर्षको अन्तरालमा जियोले करिब ३९ करोड मानिसलाई इन्टरनेट सेवामा जोडेको रिलायन्सले जनाएको छ । बिगत पाँच वर्षको अवधिमा भारतमा करिब ५६ करोड मानिसले इन्टरनेट प्रयोग गर्न थालेको अध्ययनहरुले देखाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर