• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

लकडाउनमा ‘चाइल्ड पोर्नोग्राफी’सँग सम्बन्धित सामाग्रीको डाउनलोड बढ्यो !

एजेन्सी । इन्टरनेटमा कुनै एक च्याट रुममा कसैले ‘हेलो’ भनेर आफ्नो कुरा सुरु गर्छ, ‘विश्वभरका मानिस यतिबेला लकडाउनमा छन् । के तिमीलाई xxx मा अन्य बालबालिका बँचेको जस्तो लाग्छ ।’

उक्त व्यक्ति एक यस्तो वेबसाइटको दावी गरिरहेको थियो जसलाई प्राय मानिसहरुले वेवास्ता गरिरहेका हुन्छन् । 

इन्टरनेटमा यस्ता थुप्रै फोरम छन्, जहाँ ‘चाइल्ड पोर्नोग्राफी’ अर्थात् बालबालिकालाई झुक्याएर अस्लिल सामाग्रीलाई चिन्ता व्यक्त गरिएको छ । स्पेनको ‘सेन्ट्रल साइबर क्राइम युनिट’(युसीसी) यस्ता गतिविधिमाथि निगरानी गर्ने गर्छ । 

यसै युनिटकी सदस्य इन्स्पेक्टर सेसिलिया क्यारीयोन भन्छिन्, ‘पेडोफाइल(बालबालिमाथि नराम्रो दृष्टि लगाउने) सर्कल्स । हामी यही भनेर बोलाउँछौँ । यी फोरममा मानिसहरु आफ्ना विचार सेयर गर्छन् ।’

यी च्याट ग्रपमा जब कोही ‘के नयाँ माल आएको छ ?’ भनेर सोध्छ भने यसको अर्थ हुन्छ – कुनै अनलाइन प्लाटफर्मममा कुनै नयाँ सामाग्री अपलोड भएको बारेमा सोधिरहेको भन्ने अर्थ हुन्छ ।

‘माल’ शब्दको प्रयोग सामान्यतया यस्ता मानिसहरु बालबालिकाको तस्विर तथा भिडियोका लागि भन्छन् । केही सन्दर्भमा यो ‘नग्न’ भन्ने वा वयस्कद्वारा बालबालिकाको शोषणसँग जोडिएको पनि हुन्छ । 

‘उनीहरुको उद्देश्य बालबालिकासँग सम्पर्क गर्ने, उनीहरुलाई भुल्याउने गर्छन् ताकि  उनीहरु यौन शोषणाको यस्ता गतिविधि रेकर्ड गर्न सकुन्,’ सेसिलिया भन्छिन् । बालबालिकामाथि कुदृष्टि राख्ने मानिसका लागि यो सामान्य कुरा हुन् । 

स्पेनको प्रहरी विभागले पनि कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्नका लागि गरिएको लकडाउनका कारण ‘पेडोफाइल सर्कल’मा प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएको पुष्टि गरेको छ । सेसिलियाको भन्छिन्, ‘स्पेनमा जबदेखि लकडाउन सुरु भयो यस्ता मामिला बढेका छन् । उनीहरु मानिसको स्थितिको फाइदा उठाइरहेका छन् ।’ 

यस्ता ग्रुप च्याटमा केही कमेन्टमा घरमा क्वारेन्टाइनका दौरान कुनै बालबालिकासँग के गर्न चाहानुहुन्छ भन्ने खालका थिए भने अन्य कमेन्टमा के अनलाइन प्लाटफर्ममा नयाँ सामाग्रीका लागि लकडाउन राम्रो मौका हो ? भन्ने सोथिएको थियो । 

कोरोना भाइरस संकटसँग जुधिरहेको स्पेनमा १४ मार्चमा राष्ट्रिय आपतकालीन घोषणा गरिएको थियो । बिबीसीका अनुसार, आपतकाल घोषणा गरएको तीन दिनपछि स्पेनमा १७देखि २४ मार्चबीचको अवधिमा इन्टरनेटमा चाइल्ड पोर्नोग्राफीसँग जोडिएका सामाग्री १७ हजार पटक डाउनलोड गरिएको थियो । 

त्यसपछिका सातामा २४देखि ३१ मार्च सम्ममा २१ हजार डाउनलोड दर्ता भएको थिए । पछिल्लो साताको आंकडामा यो २५ प्रतिशतले बढेको छ । ‘अहिले यसमा केही गिरावट आएको छ, तर यो संख्या स्थिर बनेको छ,’ सेसिलिया भन्छिन् । 

इन्टरनेटमा चाइल्ड पोर्नोग्राफीको समस्यासँग जुधिरहेको स्पेन एक्लै होइन । 

एप्रिलको सुरुवातमा यस सम्बन्धमा युरोपेली प्रहरी कार्यालय(युरोपोल)को एक रिपोर्ट जारी गरेको थियो, जसमा युरोपोलका कार्यकारी निर्देशक क्याथरिन डे बोलले कोभिड–१९को महामारीबाट सबैभन्दा बढी प्रभावित देशहरुमा इन्टरनेटमा बालबालिकाको यौन शोषणका बढ्दो मामिलाहरुलाई लिएर चिन्ता व्यक्त गरेका थिए । 

इटालीमा पोस्ट एण्ड टेलिकम प्रहरी विभागका प्रमुख नुनजिया कियार्डी भन्छिन्, ‘हामी सबै आ–आफ्नो घरमा छौँ, एकअर्कासँग लगातार जोडिएका छौँ । यस्तो अवस्थामा हामी वास्तविक जीवनमा गर्न नसकेका काम इन्टरनेटमा गर्ने प्रयास गर्छौँ । र यसमा कुनै सन्देश छैन कि हिजोआज सबै प्रकारका साइबर अपराध बढेका छन् ।’

चाइल्ड पोर्नोग्राफीः
‘हामीसँग जुन आंकडा छ, यसले यतिबेलामा इन्टरनेटमा चाइल्ड पोर्नोग्राफीसँग जोडिएको अपराध तथा बालबालिका यौन शोषणसँग जोडिएका मुद्दा बढेको देखाउँछ,’ नुनजिया कियार्डी भन्छिन् ।

बिबीसी मुण्डोसँग उपलब्ध आंकडा अनुसार गत गर्छ मार्चदेखि १५ एप्रिलको बीचमा इटालीमा अनलाइन चाइल्ड पोर्नोग्राफीसँग जोडिएका जम्मा ६ मामिला दर्ता भएका थिए । यस वर्ष यही अवधिकमा यो मामिलाको संख्या ३० गुणाले बढेर १८१ पुगेको छ । 

इटालीको प्रहरीले सन् २०२० मा अहिलेसम्म यस प्रकारका १०८, १२३ जिबी डिजिटल सामाग्री जफत गरेको छ । अर्थात् यो नेटफ्लिक्सका वेब सिरिज ‘हाउस अफ कार्डस्’का सबै श्रृंखलाको पाँच गुणा बराबरको आंकडा हुन आउँछ । 

विश्वभरका प्रहरी एजेन्सीसाग अनलाइन चाइल्ड पोर्नोग्राफीका धेरैजसो चेतावनी अमेरिकी संस्था ‘नेशनल सेन्टर फर मिसिङ एण्ड एक्सप्लोयटेड चिल्ड्रेन’(एनसीएमईसी)को तर्फबाट रिपोर्ट गरिन्छ । 

यस संस्थाले ‘साइबरटिपलाइन’ नामबाट एक सेवा सञ्चालन गर्छ, जसमा अमेरिकाको विद्यु्तीय सेवा प्रदायक तथा माइक्रोसफ्ट फेसबुक, ट्विटर, गुगल तथा टिकटक जस्ता प्रविधि कम्पनीहरुलाई कानुनको माध्यमबाट विश्वभरमा भइरहेका अनलाइन चाइल्ड पोर्नोग्राफीका मुद्दाहरुको रिपोर्ट गर्छ । 

एनसीएमईसी यी रिपोर्टको समिक्षा गर्छ र उक्त देशका प्रहरीसँग साझा गर्छ, जहाँबाट जोडिएको हु्रन्छ । यसै वर्षको मार्च महिनामा एनसीएमईसीले यस्ता सामाग्रीका २० लाखभन्दा बढी उजुरीहरु पायो । पछिल्लो यही मार्चमा रिपोर्ट गरिएको मामिलाको संख्या यस पटक बढेर दुई गुणा बढी भएको छ । 

‘यो एक नाटकीय वृद्धि हो,’ एनसीएमईसीका उपाध्यक्ष जोन शेहान भन्छन् । 

यी अनलाइन प्लाटफर्ममा यस प्रकारका सामाग्री सर्भरबाट डाउनलोड नगरेर कुनै अर्को कम्प्युटरबाट गरिन्छ, जहाँ यो स्टोर गरेर राखिएको हुन्छ । किनकि यस्ता सामाग्री कुनै पेडोफाइलनको कम्प्युटरमा स्टोर भएको हुन्छ, त्यसले यसको लगातार सर्कुलेट हुने खतरा रहिरहन्छ । यिनीहरुलाई हटाउन गाह्रो छ, किनकि यो कुनै सर्भरमा हुँदैन ।

‘एक पटक जब कुनै भिडियो पेडोफाइल सर्कलबीच भाइरल बन्छ, यसलाई उनीहरुको नेटवर्कबाट हटाउन करिब असम्भवन नै हुन्छ,’ स्पेन प्रहरीको बालबालिका सुरक्षा समूहका एक सदस्य डेभिड रेग्वेरो भन्छन् । 

लकडाउन सकिएपछि अन्य थुप्रै समस्याहरु अगाडी आउनेछन्, जसलाई लिएर विश्वभरका प्रहरी एजेन्सीहरु चिन्तित छन् । 

बालबालिका यसको सजिलै शिकार बन्छन्ः 
पेडोफाइल सर्कलका व्यक्तिका सामाजिक सञ्जाल प्लाटफर्ममा फेक प्रोफाइल बनाएका हुन्छन् । यस्ता प्रोफाइल जहाँ बालबालिका बढी भिजिट गर्ने गर्छन् वा त अनलाइन भिडियो गेमका च्याटरुममा बालबालिकै भेष धारण गरेका हुनसक्छन् । 

जब बालबालिकाको ध्यान र विश्वास आकर्षित गर्छन् तब उसले तस्विर र भिडियोको अफर गर्न सुरु गर्छ । त्यसपछि उक्त माग नग्न र यौन सामाग्री बनाइन्छ । एकपटक यस्तो गर्नमा सफल भएपछि ब्ल्याकमेलिङ सुरु हुन्छ । 

अपराधीले बच्चालाई हप्तौँसम्म कैयौँ पटक आफने दबाबमा राख्छ । जब बच्चाका लागि असह्य हुन्छ तब मात्रै उजुरी आउँछ र उनीहरु बुबाआमा तबमात्रै बताउँछन् । कहिलेकाही भने आमाबुबालाई नै पहिलो थाहा हुन्छ । 

धेरैजसो मामिलामा बच्चाको शोषण गर्ने व्यक्ति उनीहरुकै आफन्त हुने गरेको गैरसरकारी संगठन इसीपीएटी इन्टरनेशनलकी उपकार्यकारी प्रमुख म्यारी लोरे लेमिनुएर बताउँछिन् । बालबालिकाहरु शोषण गर्ने व्यक्तिसँग बस्न बाध्य हुन्छन् । क्वारेन्टाइनमा बसिरहेका बालबालिका सबैभन्दा बढी यसको खतरामा रहेको उनी बताउँछिन् । बिबीसी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर