कालिकोट घटनामा घाइते अध्यक्ष बमकी श्रमती भेट्न अस्पताल पुगे मुख्यमन्त्री शाही 

सुर्खेत । कालिकोट पपलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमकी घाइते पत्नी गोरिकला बमलाई मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भेटेर स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् । 

घाइते गोरिकला बमलाई भेट्न प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुगेका मुख्यमन्त्री शाहीले विरामी बमलाई नआत्तिएर स्वास्थ्यको ख्याल गर्न भनेका छन् । 

मुख्यमन्त्री शाहीले उपचारमा संलग्न चिकित्सकहरुलाई घाइते बमको स्वास्थ्यको विषेश ख्याल् राख्नको लागि निर्देशन समेत दिएका थिए ।

मुख्यमन्त्री शाहीले आक्रमण गर्ने आक्रमणकारीलाई कार्वाहिको लागि कुनै पनि कसुर बाँकी नराख्ने बताएका छन् । कालिकोट जिल्ला नेकपाका ईन्चार्ज समेत रहेका मुख्यमन्त्री शाहीले आक्रमणकारीहरुलाई पार्टीको तर्फबाट कारबाही गरिने समेत बताए । 

‘उनीहरुले यो कुनै राजतिनि ब्यावाहार गरेको देखिएको छैन असहमति भए पार्टीमा छलफल गर्ने माध्यम हुँदाहुँदै पनि पार्टीको जिम्मेवारी लिएकाहरुले यसरी आक्रमण गर्नु राम्रो होइन,’ ‘शाहिले भने,’ उनीहरुलाई रुपान्तरण भएर आउने गरी पार्टीले कारबाही गर्छ ।’

पलाँता गाउँपालिका नेकपा अध्यक्ष विष्णु बहादुर रोकाया र वडा अध्यक्ष मान बहादुर भण्डारीले लगायतका समूहले गएको बैशाख २७ गते बिहान कार्यक्रम सेकर पर्किन लाग्दा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम र उनकी पत्नी गोरिकला बमलाई ढुङ्गा प्रहार गरी घाइते बनाएका थिए ।

घाइते गोरिकला बमको उपचार अहिले कर्णाली प्रदेश अस्पतालमा भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर