हामी बीचबाट कोरोना भाइरस कहिल्यै निर्मूल नहुने 'डब्लूएचओ'को चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओे)ले खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने स्पष्ट पारेको छ ।
डब्लुएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले बुधबार प्रेस ब्रिफिङमा बोल्दै कोरोना भाइरस नियन्त्रणका लागि भविष्यवाणी नगर्न आग्रह गरेका हुन ।
‘यदि खोप पत्ता लागेपनि भाइरसलाई पूर्ण नियन्त्रण गर्न अत्याधिक प्रयास चाहिन्छ,’ उनले थपे । कोरोनाको अहिलेको जस्तो महामारी नियन्त्रण भएपनि पूर्ण रुपमा निर्मूल पार्न नसकिने डब्लूएचओको भनाइ छ ।
विश्वलाई प्रभावित बनाइरहेको कोरोनाको महामारीबाट बच्न सबैको सामूहिक प्रयास आवश्यक पर्ने भन्दै डब्लुएचओले सकारात्मक पहल गर्न आग्रहसमेत गरेको छ ।
महामारी नियन्त्रणमा नआइसकेकाले विश्वका कतिपय देशले जारी लकडाउन खुकुलो पार्ने निर्णयप्रति आपत्तिसमेत जनाएको छ ।
उसले भाइरस नियन्त्रणको प्रयार जारी रहेका बेला लकडाउन खुकुलो पार्दा फेरि समस्या आउने डब्लुएचओको चेतावनी छ । यसैबीच कोरोनाका कारण विश्वव्यापी रुपमा करिब ३ लाख मानिसको मृत्यु भइसकेको छ ।
यस्तै करिब ४४ लाख २५ हजार मानिस संक्रमित भएका छन् भने उपचारपछि एक लाख ६५ हजार पाँच सय भन्दा बढी मानिस घर फर्किएका छन् ।
अहिलेसम्म सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । अमेरिकामा हालसम्म ८५ हजार भन्दा बढीको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस