• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 05:11 pm

कोरोना सङक्रमितले भरिए अस्पताल

भैरहवा । रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना सङ्क्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ श्ययाको सो अस्पतालमा अहिले सङ्क्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिए ।

कूल २७ श्यया रहेको अस्पतालमा पाँच आइसीयू र तीन भेन्टिलेटर श्यया रहेको छ भने बाँकी साधारण श्ययामा २१ बिरामी राखिएको अस्पतालको सूचना शाखाले जनाएको छ । आइसीयू र भेन्टिलेटरमा सामान्य अवस्थामा रहेका बिरामी राख्न नमिल्ने भएकाले थप श्ययाको आवश्यकता देखिएको छ ।

अस्पतालमा कपिलवस्तुका पाँच, नवलपरासीका एक, रुपन्देहीका १४ र भारतका एक गरी कूल २१ छन् । तीमध्ये तीन महिला र १८ पुरुष रहेका छन् । चार वर्षदेखि ५० वर्षसम्मका कोरोना सङ्क्रमित अहिले अस्पतालमा भर्ना भएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताउनुभयो । सबै बिरामी पिसिआर परीक्षणमा पोजेटिभ देखिएका हुन् । सबैको अवस्था सामान्य रहेको प्रवक्ता उपाध्यायले बताए । सङ्क्रमित सबै भारतबाट लुकीछिपी नेपाल आएका हुन् ।

अस्पतालको आइसोलेसन श्यया भरिएपछि आपतकालीन अवस्थामा आएका थप सङ्क्रमित राख्ने ठाउँ नभएको अस्पताल जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अर्थमन्त्रीको संसद विकास कोषको रकम स्वास्थ्यमा

  • १४ मङ्सिर, २०७७

बुटवल । अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेलले संसद विकास कोषको रकम यो वर्ष सबै स्वास्थ्य क्षेत्रमा लगाएका छन् ।

हुम्लाका ६ हजार बालबालिकालाई भिटामिन ‘ए’ र बालभिटा

  • १३ मङ्सिर, २०७७

सिमकोट ।  हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका पाँच हजार नौ सय ७९  बालबालबालिकाले भिटामिन ‘ए’ र बालभिटा पाएका छन् । जिल्लाभरिका ६ महिनादेखि

जाडोमा दुध चिया होइन कालो चिया पिउनुहाेस् क्यान्सरको जोखिमबाट बच्चनुहोस्

  • १२ मङ्सिर, २०७७

काठमाडौं  । धेरैजसो मानिसहरुले चिया पिउने गर्छन् । जाडोमा त झन शरीर तातो बनाउन चिया पिउने गरिन्छ । जाडोको समयमा बजारका होटलहरुमा चिया पिउदै गफ