जनकपुरधामको एक वडाध्यक्षले स्थापना गरेको क्वारेन्टाइनको चौतर्फी प्रशंसा

जनकपुरधाम । नेपालको २८ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएपछि देशैभरी चुनौती बढेको छ । त्यसमा पनि प्रदेश दुईको आठ वटै जिल्लामा कोरोना संक्रमण देखिएपछि प्रदेश दुई उच्च जोखिममा रहेको छ । प्रदेश दुईको धनुषा जिल्लामा समेत ५ जनामा कोरोना संक्रमणको पुष्टी भई सकेको छ ।

कोरोना संक्रमण धनुषामा समेत देखा पर्न थालेपछि जनकपुरधाममा उच्च सतर्कता अपनाउनु अपर्ने आवश्यक्ता देखिन्छ । तर सो हिसाबले तयारी देखिएको छैन । न क्वारेन्टाइनको उचित व्यवस्थापन गरिएको छ भने न आइसोलेसनको नै । 

क्वारेन्टाइन तथा आइसोलेसनको विषयलाई लिएर प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाको कडा आलोचना हुँदै आईरहेको छ । यद्यपि त्यसमा सुधार भने अहिलेसम्म देखिएको छैन । क्वारेन्टाइनको आवश्यक्ता देखेर जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्षले आफ्नो वार्डका पदाधिकारीहरु तथा पारिवारिक सदस्यहरुको सहयोगमा झण्डै दुई महिना अगाडी १० बेड क्षमताको क्वारेण्टाइन स्थापना गरे । शुरुको दुई महिना सो क्वारेण्टाइनमा कोही बस्न आएनन् । 

जब जनकपुरधामकै सञ्चारकर्मी वीरेन्द्र रमणमा कोरोना संक्रमण रहेको पुष्टी भयो त्यसपछि उनको सबै पारिवारिक सदस्यहरुलाई जनकपुृरधाम उपमहानगरपालिकाले स्वस्तिक अस्पतालमा स्थापना गरेको क्वारेण्टाइनमा राखियो । 

उनीहरुलाई पुर्याइएको दिन नै क्वारेन्टाइनमा गरिएको व्यवस्थापन उदांगो भयो । न समयमा खाना दिइन्थ्यो न पिउनलाई पानी । दिएपनि रुखो व्यवहार गरिन्थ्यो दुई दिन सो क्वारेण्टाइनमा बिताएका संचारकर्मी रमणको पारिवारिक सदस्यले बताए । त्यसमाथी क्वारेण्टाइन अगाडी नै फोहोरको थुप्रो राखिएको थियो ।  रुखो व्यवहार त्यहाँ खेपिरहेकाहरुलाई संचारकर्मीहरुकै पहलमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७का वडाध्यक्ष जानकी राम साहले स्थापना गरेको क्वारेन्टाइनमा सारियो । अहिले उनीहरुको अनुहारमा मुस्कान छ । घर जस्तै माहौल यहाँ दिइएकोले खुशी छु क्वारेण्टाइननमै रहेका एक जनाले बताए । 

वडाध्यक्ष साहले स्थापना गरेको सो क्वारेण्टाइनमा अहिले जम्मा ९ जना छन् । ४ बच्चा, ३ महिला र २ पुरुष क्वारेण्टाइनमा रहेको वडाध्यक्ष साहले जानकारी दिए । 

क्वारेण्टाइनमा रहेकाहरुको रेखदेख वडाध्यक्ष स्वयंले सहयोगीहरुका साथै गरिरहेका छन् । उनकै पहलमा क्वारेण्टाइनमा रहेकाहरुलाई बिहान ७ बजे चिया, बिस्कुट, फलफुल, ११ बजे खाना, दुई बजे फेरी चिया, ४ बजे खाजा र फेरी राती ८ बजे खाना दिइन्छ । 

उपमहानगरको सहयोग बिना गरे क्वारेन्टाइनको स्थापना
जनकपुरधाम वडा नम्बर ७ मा जानकी सरोवर पोखरी छ । सोही पोखरीको डीलमा श्री रामजानकी आधारभूत विद्यालय रहेको छ । सो विद्यालयको मनोरम दृश्यले जोकोहीलाइर्य लोभ्याउन सक्छ । फेरी त्यही क्वारेण्टाइन भएपछि क्वारेन्टाइनमा रहेकाहरुलाई मन खल्लो हुने कुरो नै भएन ।  

कोरोना संक्रमणको त्रास बढेसंगै वडा अध्यक्ष साहले आफ्नै वाडको वासीमा जोखिम बढ्न नदिने उद्देश्यका साथ क्वारेन्टाइन बनाउने सोच बनाए । सो विद्यालयभन्दा उपयुक्त स्थल क्वारेण्टाइनका लागि आफूलाई अरु कुनै ठाउँ नलागेकोले त्यही स्थापना गरेको वडाध्यक्ष साहले बताए ।  

फेरी यो क्वारेण्टाइनको स्थापना उनले जनकपुरधाम उउपमहानगरपपालिकाले क्वारेण्टाइन स्थापना गर्न नसकेको समयमा गरेका थिए । विद्यालयको दुई तल्ले भवनको भुई तल्लामा क्वारेन्टाइन नराखी प्रधानाध्यापकको सहयोगमा पहिलो तल्लामा क्वारेन्टाइनको स्थापना गर्न लगाए । सो क्वारेण्टाइनमा दुई जना चिकित्सक पनि राखिएको छ । ती चिकित्सकहरु वडाकै वासी हुनन् । उनीहरु सेवाभावले सो क्वारेण्टाइनमा खटिएका हुुन् । 

वडाध्यक्ष साह भन्छन् ‘आफूले वडामा क्वारेण्टाइन त स्थापना गरे तर उपमहानगरबाट जस्तो सहयोग पाउनु पर्ने थियो त्यस्तो सहयोग भने पाउन सकिन ।’ उनले अगाडी भने ‘उपमहानगरलाई सफाई गराउनका लागि तागेता गर्नु पर्छ, डस्टबिन माग्न पनि कति पटक धाउनु पर्छ ।’  

क्वारेन्टाइनमा पारिवारिक सदस्यको सहयोग
भनिन्छ श्रीमती पाइला पाइलाको साथी हुन्छिन् । साँच्ची वडाध्यक्ष जानकीराम साहको लागि यो भनाई सटिक बस्छ । श्रीमिती मधु साह राजनीतिमा नरहेपछि वडाध्यक्ष साहको हरेक निर्णयमा साथ दिन्छिन् । उनको श्रीमती मात्र नभई सन्तानहरु पनि उनलाई सकेजति साथ दिन्छन् । 

क्वारेन्टाइनमा रहेकाहरुका लागि मधु आफैले घरमा खाना पकाउछिन् । फेरी खाना पुर्याउने, पानी पुर्याउने, चिया पुर्याउने लगायतका कार्यहरु २० बर्षिया छोरी स्मृति साह, १७ वर्षिया छोरी जेनी साह र १५ वर्षिय छोरा अनुज सासहले गर्ने गर्छन् । पारिवारिक सदस्यहरुकै सहयोगका कारण आफू यति काम गर्न सषम हुन्छु वडाध्यक्ष साह बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर