• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

प्रिमियर लिग : खेलाडीले पाँच जनाको समूहमा प्रशिक्षण गर्न पाउने

एजेन्सी । इंग्लिस प्रिमियर लिगका क्लबहरु सानो समूहमा खेलाडीहरुको प्रशिक्षण सुरु गर्नेमा सहमत भएका छन् । तर समूहमा रहने खेलाडीबिच सम्पर्क भने हुन पाउने छैन । कल्बहरुले पाँच जनासम्मको समूह बनाएर प्रशिक्षण गर्न सहमती जनाएका छन् ।

कोरोना भाइरसको महामारीका कारण मार्च १३ देखि रोकिएको प्रिमियर लिगका जारी सिजनका खेलहरु पूरा गर्ने अभियान अन्तर्गत क्लबहरुबिच निरीक्षण, जिपिएस ट्रयाकिङ्ग, भिडियो एनालिसिससहितका विधिको प्रयोग गरेर क्बलहरुले स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालन गरे–नगरेको अनुगनम हुने छ ।

यसअघि जर्मन बुन्डाेस लिगाका खेलहरू शुरू भइसकेका छन् भने ला लिगामा सामूहिक प्रशिक्षण शुरू भएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर