• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्रिमियर लिगका ६ खेलाडी र पदाधिकारीमा कोरोना संक्रमण देखियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गतका टिमका ६ खेलाडी तथा खेल पदाधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक इयान वोएन रहेका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएका खेलाडी तथा पदाधिकारीहरुलाई आइसोलेशनमा राखिएको छ ।

१९ वटा क्लबका खेलाडी तथा पदाधिकारी गरी ७४८ जनाको परीक्षण भएको थियो । नर्विच सिटीले भने मंगलबार परीक्षण गरेको छ ।

मंगलबारदेखि टिमका खेलाडीहरुले सानो समूहमा प्रशिक्षण सुरु गरेका छन् । सोही दिन केही खेलाडीमा संक्रमण रहेको कुरा खुलेको हो ।

कोरोना भाइरसको महामारीका कारण रोकिएका लिगका खेलहरु सुरु गर्ने प्रयास स्वरुप मंगलबारदेखि अधिकतम पाँच जनासम्मको समूहमा प्रशिक्षण सुरु भएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर