• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मधुमेह टाइप-१को रोगीमा ‘कोभिड-१९’बाट मृत्यु हुने सम्भावना बढी : अध्ययन

एजेन्सी । मधुमेहको टाइप–२ भन्दा टाइप –१ रहेकोका मानिस कोभिड–१९ भाइरसबाट संक्रमित भएमा मृत्यु हुने उच्च सम्भावना रहेको एक अध्ययनले बताएको छ । 

एनएचएस इन्ग्ल्याण्डले गरेको एक अध्ययन अनुसार, मधुमेहबाट पीडित मानिसमा कोरोनाभाइरसको सम्पर्कमा आएमा मृत्यु हुने सम्भावना बढेर जान्छ । इंग्ल्याण्डमा महामारीका दौरान कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने धेरैजसोमा हरेक तीनमध्ये एक जना मधुमेहसँग जोडिएको पाइएको अध्ययनले जनाएको छ । 

जो व्यक्ति मधुमेह टाइप–१(रोगको स्वप्रतिरक्षी रुप)बाट पीडित छन्, र उनीहरु कोभिड–१९को सम्पर्कमा आए मधुमेह नभएकाको तुलनामा मर्ने सम्भावना साढे तीन गुणा बढी हुन्छ, जबकि टाइप–२ मधुमेह भएका व्यक्ति(जो रोगी बढी तौलसँग जोडिएका छन्)मा भने दुई गुणा बढी मृत्युको सम्भावना रहन्छ । 

मधुमेहबाट पीडित कोभिड–१९ संक्रमितबीच ‘उमेर’ मृत्युका लागि सबैभन्दा ठूलो निर्धारित जोखिमको कारण बन्ने बताइएको छ । ४० वर्ष उमेरभन्दा माथिकाको तुलनामा ४० भन्दा कम उमेरकामा जोखिम कम हुन्छ हुने पनि अध्ययनमा बताइएको छ । टाइप–१ मधुमेह भएका व्यक्ति, जसको बाल्यकालमै निदान गरिन्छ, लाई टाइप–२ भएका व्यक्तिको तुलनामा कम उमेरको मानिन्छ । ्

गता साता गरिएको फरक–फरक अध्ययनले एक चौथाई कोरोना भाइरससँग सम्बन्धित मृत्यु मधुमेह भएका व्यक्तिको भएको बताइएको थियो । इंग्ल्याण्डमा अस्पतालमा मृत्यु भएका ७ हजार ४६६ मा टाइप–२ मधुमेह भएका मानिस थिए भने ३६५ जना टाइप–१ मधुमेह भएका मानिस थिए । 

यस अध्ययनले मधुमेह भएका व्यक्तिका लागि कोरोना भाइरसको जोखिम र टाइप–१ र टाइप–२ मधुमेह भएका व्यक्तिका लागि फरक–फरक जोखिमको सीमालाई दर्शाउने एनएचएस इंग्ल्याण्डको राष्ट्रिय क्लिनिकका निर्देशक तथा प्राध्यापक जोनाथन भलाभ्जीले बताए । यसका साथै सयले उच्च रक्त ‘ग्लुकोज’को स्तर तथा मोटोपन दुवैले दुवै प्रकारको मधुमेहको जोखिमलाई बढाउने पनि देखाउँछ । 

ब्राइनटन तथा ससेक्स मेडिकल स्कूलमा संक्रमक रोगका सेवानिवृत्त प्राध्यापक जोन कोहेनका अनुसार, जीवाणुजन्य संक्रमक रोग मधुमेह भएका लागि सामान्य र बढी गम्भिर हुन्छ । कोरोना भाइरस जस्तो भाइरल संक्रमणबाट समस्या हुनसक्ने नसोचिएको हुनसक्छ, तर कुनै पनि गम्भिर संक्रमणबाट इन्सुलिनको नियन्त्रणमा समस्याको कारण बन्नसक्छ, त्यसैले पनि टाइप–१ मधुमेहका रोगीमा मृत्यदुरको वृद्धिको सम्भावना रहन्छ । 

‘त्यसैले, मधुमेह रोगहरु कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नहुनसक्छन्, तर यदि यस भाइरसको सम्पर्कमा आए भने गम्भिर रुपले बिरामी पर्नसक्ने बढी जोखिम रहन्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर