• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

लकडाउनको ६० दिन, संक्रमितको संख्यो बढ्दो

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनको आज ६० दिन भएको छ ।

गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन पटक पटक समय थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ ।  ६० दिनको लकडाउनमा अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा छन् । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पास वितरणमा पनि कडाई गरेको छ ।

लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने नियम पनि लागू गरिएको छ । उपत्यकामा संक्रमण देखिन थालेपछि भित्रि गल्लिहरुमा स्थानीयले प्रवेश निषेध गरेका छन् । यद्यपी धेरै ठाउँमा खाद्यन्न र तरकारी पसलहरु भने सञ्चालनमा छन् ।

प्रहरीले अनावश्यक रुपमा हिडडुल गर्नेलाई कारबाही गर्ने गरेको छ । केही दिनअघि अत्यावश्यक सेवा, बैंकिङ क्षेत्रहरु र उद्योगहरु सञ्चालन गर्ने निर्णय सरकारले गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लकडाउन कडा पारिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर