• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

मन्त्री अर्यालद्वारा प्रचण्डलाई खुमलटार पुगेर नयाँ नक्सा हस्तान्तरण

काठमाडौं । भूमी व्यवस्था, सहकारी एवं गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई नेपालको नयाँ नक्सा हस्तान्तरण गरेकी छिन् । 

शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर मन्त्री अर्यालसहितको टोलीले उनलाई नक्सा हस्तान्तरण गरेका हुन् । कालापानी, लिम्पुयाधुरासहित नेपालले अक्रिमण गरेको भूभागसहितको नक्सा नेपालले सार्वजनिक गरेको छ । 

सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खट्ने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका थिए । मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको जानकारी गराएकी छन् । साे अवसरमा मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशक लगायतकाे उपस्थिति रहेकाे थियाे ।

भारतले भने नेपालले जारी गरेको नक्सा आफूहरुलाई मान्य नभएको बताएको छ । यसअघि भारतले जारी गरेको राजनीतिक नक्सामा प िनेपालको उक्त भूभाग नसमेटिएपछि चर्को विरोध भएको थियो । 

अहिले भारतविरुद्ध नेपालमा विभिन्न विरोध तथा प्रदर्शन भइरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर