• शनिबार २-१७-२०७७/Saturday 05-30-2020/ 03:29 pm

कर्णालीका थप दुई जनामा कोरोना संक्रमण 

सुर्खेत । कर्णालीमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएका दुबै जना बिहीबार भारतबाट कर्णाली भित्रिएका हुन् ।

कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका मध्ये दुई जनाको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गर्दा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीमा पहिलो कोरोना संक्रमित दैलेखमा फेला परेका थिए । 

बिहीबार भारतबाट आएका कर्णालीका १६ सय नागरिक मध्ये बबईमा सात सय ४० जनाको आरडीटी गरिएको थियो । आरडीटीमा १५ जनाको पोजेटिभ देखिएको थियो ।

 ‘आरडीटीमा कोरोना देखिएपछि उहाँहरुको स्वाब संकलन गरेर पिसिआर गरेका थियौं,’ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण  तिवारीले भने, ‘पीसीआरमा पोजेटिभ देखिएका दुबै जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’ महाशाखा प्रमुख तिवारीले थप परीक्षणका लागि कोरोना संक्रमण देखिएका दुबै जनाको स्वाब शनिबार विहान नेपालगञ्ज पठाइएको बताए ।

कोरोना संक्रमण देखिएका दुबैको स्वास्थ्य अवस्था सामान्य छ। कोरोना संक्रमण देखिएका दुई जना मध्ये एक महिला हुन् । महिलामा संक्रमण देखिएपछि उनका श्रीमान र चार वर्षीय बालकलाई पनि निगरानीमा राखिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश पाँच : स्थानीय तहका जनप्रतिनिधिलाई सुविधै सुविधा

  • १६ जेठ, २०७७

बुटवल । प्रदेश पाँच सरकारले प्रदेशका स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुलाई सुविधै सुविधा दिने गरी कानुन बनाएको छ । विगतमा मासिक रुपमा पाउदै आएको

रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु 

  • १६ जेठ, २०७७

रोल्पा ।    रोल्पामा आज चट्याङले हानेर २ जनाको मृत्यु भएको छ । त्रिवेणी ७ गैरीगाउँ डाँडामा विहान करिव ९ः४५ बजे परेको चट्याङबाट २ जनाको मृत्यु भएको

कर्णाली प्रदेशको निति तथा कार्यक्रम : रोजगारीदेखि स्वास्थ्यमा जोड 

  • १६ जेठ, २०७७

सुर्खेत । कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आर्थिक वर्ष २०७७÷०७८ नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।