• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोरोना खोपका लागि बेलायतले ‘भर्चुअल’ सम्मेलन गर्ने 

एजेन्सी । कोरोना भाइरस खोपको निर्माणका लागि रकम जुटाउँन एक ‘भर्चुअल’ सम्मेलन गर्ने बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । 

आगामी ४ जुनमा भर्चुअल सम्मेलन आयोजना गर्ने तयारी भइरहेको जोन्सनले बताएका छन् । कोरोना महामारीका बीच सबै देशले आफ्ना नागरिकलाई बचाउँने प्रयास गरिरहेका छन्, तर यसका लागि एक प्रकारको अन्तर्राष्ट्रिय सहयोगकको आवश्यकता रहेको उनले बताएका छन् । 

‘यही दिशामा मिलेर खोप बनाउँनका लागि बेलायतले एक भर्चुअल सम्मेलन आयोजना गर्नेछ,’ उनले भने । यसैगरी उनले आगामी दिनमा बेलायतमा लकडाउन केही खुकुलो बनाउँदै लगिने पनि बताएका छन् । 

जोन्सनले आगामी जुन १ बाट बेलायतका साना बालबालिकाको स्कूल खुल्ने र त्यसपछि विस्तारै–विस्तारै अन्य विद्यालयहरुलाई पनि खोलिने बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर