• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

कोरोना भाइरस : यी तस्विरले अमेरिकाको तनाव झन् बढायो

मिसोरीको तस्विर : श्रोत : रोयटर्स

एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमितको संख्या करिब १७ लाख पुगेको छ भने मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ । विश्वमा कोरोना महामारीबाट सबैभन्दा प्रभावित देश हो अमेरिका । 

तर पनि अमेरिकाको ५० राज्यमा आंशिक रुपले लकडाउन हटाइसकिएको छ । यसैबीच, यसै साताको अन्त्यतिर अमेरिकी नागरिकले जे गरे त्यसलाई लिएर अमेरिकाका फरक–फरक राज्यका स्थानीय प्रशासन निक्कै तनावमा परेका छन् । 

अमेरिकाको ‘मेमोरियल डे विकेन्ट’ मनाउन सयौँ अमेरिकी नागरिक घर बाहिर निक्लए । कोभिड–१९ को रोकथामका लागि बनाइएको दिशानिर्देशनको धज्जिया उडाउँदै ठूलो संख्यामा मानिस समुन्द्र तट तथा तालको किनारामा पार्टी गर्न थाले । 

मे महिनाको अन्तिम सोमबार अमेरिकामा ‘मेमोरियल डे’ मनान्छ र अमेरिकामा यस दिन छुट्टी दिइन्छ । यसलाई अमेरिकामा अनौपचारिक रुपले गर्मी मौसम सुरु भएको प्रतिकको रुपमा पनि हेरिन्छ । 

फ्लोरिडाको डेटोना तटमा एक अनाधिकृत पार्टीका लागि जम्मा भएका सयौँ मानिसको भीडलाई स्थानीय प्रहरीले तितर–बितर बनाउनुपर्यो । 

क्यालिफोर्निया

त्यस्तै, मिसोरीमा केही बार तथा रेष्टुरेन्टमा जम्मा भएको भीडले सामाजिक दूरीको निमयलाई तोडेको पाइयो । त्यस्तै क्यालिफोर्नियामा पनि समुन्द्र तटमा मानिसहरु रमाइलो गरिरहेको तस्विरहरु बाहिरिएका छन् । 

यी घटनालाई मध्यनजर गर्दै अमेरिकाको कोरोना भाइरस टास्क फोर्सका प्रमुख डाक्टर डेबोरा बिक्र्सले भने, ‘यो निक्कै चिन्ताको बिषय हो ।’

उनी अमेरिकी सञ्चारमाध्यमसँग भने, ‘सामाजिक दूरी हरेक समय महत्वपूर्ण छ भन्ने कुरा हामीले दिमागमा राख्नुपर्छ । हाललाई यो सबैभन्दा आवश्यक छ । यदि तपाई यति गर्न सक्नुहुन्न भने घर बाहिर निक्लदा मास्क त लगाउनुहोस् ।’

मिसोरीको सेन्ट लुइस शहरकी मेयर लायड क्र्युसनले यस प्रकारको जोखिमपूर्ण व्यवहार निक्कै गैर–जिम्मेवार र खतरनाक भएको बताएकी छिन् । उनले यसले यस क्षेत्र र पुरै देशलाई चिन्ता पुर्याउने बताएकी छिन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर