• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

वडा अध्यक्षको क्वारेन्टाइनमा मृत्यु 

धनगढी । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गएराति मृत्यु भएको हो।

वडा नम्वर ७ स्थित राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएर ढलेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय रैकवारविचवाका प्रहरी सहायक निरीक्षक भीमसिंह धामीले मृत्युको कारण खुल्न नसकेको बताए। मृतक रानाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ। परिक्ष्णको रिपोर्ट आएपछि मात्रै उनको मृत्युको कारण कोरोना वा अन्य भन्ने खुल्नेछ ।

अस्पतालका डाक्टर हेमराज पाण्डेयले सुरुमा शवको पोष्टमार्टम गरिने र त्यसपछि परीक्षणका लागि स्वाब संकलन गरिने जानकारी दिए।

नेपालमा कोरोना भइरसको संक्रमणका कारण अहिलेसम्म ४ जनाको ज्यान गईसकेको छ भने ७ सय ७२ जना संक्रमित छन् । जसमध्य १ सय ५५ नागरिक कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर