• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

रुकुम पश्चिम चौरजहारी घटना–चौथौ व्यक्तिको शव फेला

रुकुम पश्चिम ।  चौरजहारी नगरपालिका ८ सोतीमा गएको शनिवार बेलुका भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये थप एक जनाको शव  फेला परेको छ ।  

भेरी नगरपालिका ११ का १८ बर्षिय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको हो । उनको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको प्हरीले जनाएको छ ।  यससँगै उक्त घटनामा संलग्न ४ जनाको शव भेरी नदीमै फेला परेको हो । 

बेपत्ता अन्य दुई जनाको खोजी कार्य जारी छ । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् ।

प्रेमिकालाई भगाएर विवाह गर्न चौरजहारी पुगेका युवाहरूलाई गाउँलेले आक्रमण गरेपछि जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा तथा चौरजहारी नगरपालिका–८ का टीकाराम नेपालीको ज्यान गएको थियो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर