• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

भारत–चीन सीमा विवादमा मध्यस्थता गर्न ट्रम्प तयार

काठमाडौं । चीन र भारतबीच चलिरहेको सीमा विवादको समाधानका लागि अमेरिका मध्यस्थता गर्न तयार रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

यसअघि भारत–पाकिस्तानबीच काश्मिर सीमा विवादमा पनि आफू मध्यस्थता गर्न तयार रहेको बताएका ट्रम्पले बुधबार ट्वीट गर्दै भारत र चीन बीचको सीमा विवादमा मध्यस्थता गर्न तयार रहेको र यसका लागि अमेरिका सक्षम रहेको पनि बताएका छन् । 

उनले लेखेका छन्, ‘हामीले भारत र चीन दुवैलाई यदि उनीहरु चाहान्छन् भने सीमा विवादमा अमेरिका मध्यस्थता गर्न तयार रहेको सूचित गर्न चाहान्छौँ र हाल उनीहरुको बढिरहेको सीमा विवादमा मध्यस्थता गर्न सक्षम छ ।’

पछिल्लो समय लद्दाख र सिक्किममा चीन र भारतका सैनिकहरूबीच धकेलाधकेल र झडपसमेत भएका विवरणहरू सार्वजनिक भइरहेका छन् ।

पछिल्ला दिनमा पूर्वी लद्दाखको लाइन अफ कन्ट्रोलनजिकै चीनले थप ५ हजार फौज उतारेको उनीहरूको दाबी छ ।

सीमा क्षेत्रमा तनाव बढिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकारसहित अधिकारीहरूसँग छलफल गरेका छन् ।

मंगलबार नै चिनियाँ राष्ट्रपति सी चिनफिङले जनमुक्ति सेनालाई लडाइँका लागि तयारी बढाउन निर्देशन दिएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले सन् १९९९ को कार्गिल युद्धपछि पहिलो पटक लद्दाखमा चिनियाँ सैनिकसँग तनाव तीव्र भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर