• २०८१ बैशाख १९ बुधबार
  • Wednesday, 1 May, 2024

बाबुराम पढेको विद्यालयको पुनर्निर्माणका लागि न्यौपाने बस्ने भए आमरण अनसन

काठमाडौं । विनाशकारी भुकम्प गएको ४ वर्ष बित्ना लाग्दा पनि गोरखाको पालुङटार नगरपालिकामा रहेको अमर ज्योति जनता माविको पुनर्निर्माण नभएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपाने आमरण अनशन बस्ने भएका छन् । 

पटक–पटक विद्यालयको पुनर्निर्माण हुनु पर्ने माग गर्दै आमरण अनसन बस्दै आएका न्यौपाने पाँचौ पटक यहि असोज ४ गतेदेखि पुनः अनसनमा बस्न लागेका हुन् । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री एंवम वरिष्ठ न्यूरोसर्जन स्व. डा. उपेन्द्र देवकोटाले अध्ययन गरेको विद्यालय पुनर्निर्माणको जिम्मा लिएको केन्द्रीय आयोजना कार्यान्वयन ईकाईले मुसो खेलाएको जसरी आफूहरुलाई खेलाएको भन्दै न्यौपानेले समयमै विद्यालयको भवन नबनेपछि आमरण अनशनमा बस्न थालेको बताएका छन् ।

न्यौपानेले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘विद्यालय पुनर्निर्माणको जिम्मा लिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई देखाउने, प्राधिकरणले अर्थमन्त्रालाई देखाउने, मन्त्रालयले भारतीय दुतावासलाई देखाउने, दुतावासले नेपाल सरकारलाई देखाउने यसरी जिम्मा लिएको काममा झुक्याउन पाईदैन, दुईवर्षदेखि ४ पटकसम्म आमरण अनशनबस्दा तत्काल माग पूरा गछौं भन्छन तर काम कसैले गर्दैनन ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई विपक्षि बनाएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले ४ गतेबाट आमरण अनशन बस्ने तयारी गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर