• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

इंग्लिस प्रिमियर लिगका बाँकी खेल १७ जुनदेखि शुरु हुने

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग अन्तर्गत यो सिजनका बाँकी खेलहरु आउँदो जुन १७ देखि सुरु हुने भएको छ ।

जुन १७ मा एस्टन भिल्ला र शेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबिच खेल हुने भएको हो। १९ देखि २१ जुनमा पूर्ण तहमा सबै खेल हुनेछ ।

महामारीका कारण गएको मार्च १३ देखि रोकिएको प्रिमियर लिगमा ९२ खेल हुन बाँकी छ। सबै खेलहरु बन्द रंगशालमा हुने छन् । तर खेलहरु स्काइ स्पोर्टस, बिटी स्पोर्ट वा अमेजन प्राइममा प्रत्यक्ष प्रशारण हुनेछन् 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर