क्वारेन्टाइनमा बसेका ४ जनालाई र्‍यापिड पोजेटिभ देखिएपछि भैंसी गोठमा सारियो

तस्बिर : गोविन्द केसीको फेसबुक वालबाट

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाले र्‍यापिड टेष्ट (आरडीटी) पोजेटिभ देखिएपछि क्वारेन्टाइमा राखिएका ४ जनालाई भैंसी गोठमा सारेको छ । आरडीटी पोजेटिभ देखिएपछि संक्रमणको खतरा हुने भन्दै उनीहरुलाई स्थानीय एक व्यक्तिको भैंसी गोठमा राखेको स्थानीयको भनाई छ ।

१० दिनअघि भारतबाट आएका उनीहरुलाई भैरवी गाउँपालिका–३ को देउती आधारभुत विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा राखिएको थियो । आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि स्कुल नजिकैको एक स्थानीयको भैंसी गोठमा चारै जनालाई शनिबार दिउँसोदेखि सारिएको हो ।

गाउँपालिका अध्यक्ष प्रेम बुढाले आरडीटी पोजेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टिनबाट निकालेर गोठमा राखिएको बता ए। ‘क्वारेन्टाइनमा रहेका अरुलाई पनि कोरोना सर्न सक्ने भएकाले स्कुल नजिकैको व्यक्तिको भैंसी गोठमा राखेको र अब कहाँ राख्ने भन्ने आफुहरुको सल्लाह भइरहेको अध्यक्ष बुढाले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर