• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

इटालियन सिरी ‘ए’ को तालिका सार्वजनिक, यस्तो छ खेल तालिका

महामारीको त्रासपछि इटालियन सिरी ‘ए’ को स्थगित खेलहरु आगमी जुन २० देखि पुनः सुचारु हुदैछ । त्यसका लागि नयाँ तालिका सार्वजनिक गरिएको छ । तालिका  अनुसार ६ सातामा सिरी ए क्लबले एक सातामा दुई खेल खेल्नुपर्ने भएको छ । खेलहरु शनिबार–सोमबार र मंगलबार–बिहीबार हुने छ ।

खेल स्थानिय समयअनुसार ६ः३० र ८ः४५ बजे तथा केही खेल छिट्टै ४ः१५ बजे हुनेछ । पहिलो दिन २५औं चरणका बाँकी रहेका चार मध्ये दुई खेल हुनेछ । टोरिनो र पर्माबीचको खेल बाट स्थगित सिरी ए पुनः सुचारु हुनेछ ।

सोही दिन हेला भेरोना र काग्लिएरीबीच खेल हुनेछ । अर्को दिन एटलान्टा र ससुलो तथा एन्टर मिलान र साम्पडोरियाबीच खेल हुनेछ । २२ जुनदेखि सिरी ए को २६औं चरणको खेल हुरु हुनेछ ।

उपाधिको छिनोफानो हुने खेलको रुपमा हेरिएको युभेन्टस र लाजियोबीचको खेल २० जुलाईमा युभेन्टसको मैदानमा हुनेछ । युभेन्टसको २६ खेलबाट ६३ अंक छ । समान खेलबाटै लाजियोको ६२ अंक छ । इन्टर मिलान ९५४०, एटलान्टा ९४८० अंक रहँदा लिस, एसपाल र ब्रेसिया रेलिगेसन जोनमा रहेको छ ।

सवै तालिका हेर्न यहाँ क्लीक गर्नुहोला

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर