• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भीआइपी जुवाडे हाजिरी जमानीमा थुनामुक्त भए

काठमाडौं । लकडाउनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ भिआइपी जुवाडेहरुलाई प्रहरीले हाजिरी जमानीमा छोडेको छ । 

सोमबार राति काठमाडौंस्थित कमलादीको एक होटलमा जुवा खेलिरहेको अबस्थामा पक्राउ परेका नन्द किशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र साङ्घाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा र सुरेश अग्रवाललाइ जमानीमा छाडेको हो ।

उनीहरुसँगको साथबाट दुई लाख ७७ हजार सात सय २० रूपैयाँ सहित पक्राउ गरिएको वृतका प्रमुख रन्जन दाहालले जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण जघन्य बाहेकका कसुरका आरोपीलाई हिरासतमा नराख्ने सरकारको नीतिअनुसार उनीहरुलाई छाडिएको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर