• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

ट्रम्पको विवादित पोस्ट नहटाएकोमा फेसबुकभित्रै असन्तुष्टि

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद पोस्ट नहटाएको भन्दै फेसबुकभित्र कर्मचारीले कम्पनीको आलोचना गरेका छन् । 

गत साता ट्रम्पले जर्ज फ्लोयडको मृत्युलाई लिएर मिनेपोलिसमा भइरहेको प्रदर्शनलाई लिएर ट्रम्पले आफ्नो एक ट्विटलाई फेसबुकमा पनि पोस्ट गरेका थिए । 

ट्रम्पल हिंसा नियन्त्रण गर्नका लागि नेशनल गार्ड तैनाथ गर्ने र यदि लुट सुरु हुन्छ भने सुट पनि सुरु हुने चेतावनी दिएका थिए । 

ट्विटरले उक्त ट्विटलाई लिएर चेतावनी जारी गर्यो । ट्विटले हिंसालाई भड्काउने खालकोभ भएको ट्विटरले बताएको थियो, तर फेसबुकले कम्पनीको नीतिको उल्लंघन नगरेको रोय दिएको थियो । 

फेसबुकका संस्थापक मार्क जुकरबर्गले ट्रम्पको पोस्टले कम्पनीको नीति उल्लंघन नभएको बताएपछि उक्त पोस्टलाई त्यतिकै छोडिएको थियो । मंगलबार फेसबुकका कर्मचारीहरुले ‘भर्चुअल बहिष्कार’ गरेको बताइएको छ । केही कर्मचारीले भने आफू यसको विरोध गरिरहेको र यसका लागि काम नै बन्द गरिरहेको म्यासेज छोडेका थिए । 

यसलाई लिएर जुकरबर्गले भनेका छन्, ‘हामीले खिचेको लक्षमण रेखालाई लिएर मानिसहरु सहमति वा असहमति हुनसक्छन्, तर मलाई आशा छ हाम्रो सिद्धान्तलाई बुझ्नुहुनेछ । यस मुद्दालाई खुल्ला बहसका लागि छोड्नु नै राम्रो हुन्छ, विशेषगरी तब जब धेरै कुरा दाउमा लागेका छन् ।’

‘राष्ट्रपति ट्रम्पले यसबारेमा जसरी आफ्नो कुरा बताउनुभयो म यससँग पूर्ण रुपले असहमत छु, तर मेरो मान्यता छ कि मानिसको नजरमा यी कुरा रही रहनुपर्छ ताकि अन्ततः सत्तामा बसेका मानिसको जिम्मेवारी तब तय गर्न सकिन्छ जब उसले भनेको कुरा सार्वजनिक रुपले बहस हुन्छ ।’

ट्रम्पको उक्त पोस्टमाथि फेसबुकले कारवाही नगरेकोप्रति फेसबुककै कर्मचारीले असन्तुष्टि पोखेका छन् । एक सफ्टवेयर इन्जिनियर लोरेन ट्यान भन्छिन्, ‘हिांस भड्काउने ट्रम्पको पोस्टलाई हटाउन मामिलामा फेसबुक चुपचाप छ, मलाई लज्जित छु् म यस्तो कम्पनीमा काम गर्छु ।’

फेसबुकमा प्रोडक्ट डिजाइनका निर्देशक डेभिड गिलिस भन्छन्, ‘एक कम्पनीको रुपमा हामीसँग काम गरिरहेको साथीहरुको मनोबल बढाउने प्रयास गर्छौँ ताकि समाजमा उनीहरुप्रति जे हिंसाको माहोल छ र विपरित स्थिति छन् त्यस लडाईमा एक्लै छैनन् ।’

फेसबुकका कर्मचारीहरुले म्यासेजिङ सिस्टमको प्रयोग गरी कम्पनीको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । फेसबुकले कर्मचारीहरु कस्तो महशुस गरिरहेका छन् भन्ने बारे अनुमान लगाउन सक्ने बताएको छ । 

फेसबुकका एक प्रवक्ताले भने, ‘कम्पनीले आफ्ना कर्मचारीहरुलाई आफ्नो विचार खुलेरा राख्न प्रोत्साहित गर्छ । आगामी दिनमा पनि हामी आफ्नो नीतिलाई लिएर गाह्रो स्थितिको सामना गर्नेछौँ, तर हामी इमान्दारीका साथ प्रतिक्रिया मान्छौँ ।’

शुक्रबार ट्रम्प र जुकरबर्गले फोन वार्ता गरेको बताइएको छ, तर उनीहरु बीच के बिषयमा वार्ता भयो भन्नेबारे खुलाइएको छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर