पाल्पामा थप दुईजनामा कोरोना संक्रमण, संक्रमित संख्या ७ पुग्यो 

पाल्पा ।  पाल्पामा बुधबार बिहान थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमित संख्या ७ पुगेको छ । जिल्लाको रामपुर नगपालिकाको सदावर्तस्थित सिताराम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका २३ र २८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । 

जेठ ११ गते भारतको दिल्लीबाट आएका उनीहरू सुनौली नाका हुँदै पाल्पा आएका थिए । उनीहरूसँगै क्वारेन्टाइनमा बसेका अन्य ९ जनाको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाउने प्रक्रिया थालिएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थ ढुंगानाले बताए । 

यसअघि रैनादेवी छहरा गाँउपालिकामा २, माथागढी गाँउपालिका १ र निस्दी गाँउपालिकाका २ गरी ५ जनामा संक्रमण भईसकेको थियो । पाल्पामा हालसम्म भेटिएका सबै संक्रमित भारतबाट आएका रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर