• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

गाउँपालिका अध्यक्षद्वारा कांग्रेसका तीन नेतालाई धरपकड ! गृहमन्त्रीसमक्ष ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले आफ्नो दलका तीनजना नेतामाथि झुठो आरोप लगाएर धरपकड भएको बताएको छ । कार्यसमतिले आफ्ना तीनजना नेतालाई समय लिएर बोलाएको समयमा झुठा आरोप लगाई प्रहरीसँगको मिलेमत्तोमा दमनको अभियान संचालन भइरहेको भन्दै विरोध जनाएको छ । 

साथै, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समक्ष ध्यानाकर्षण समेत बुझाइएको छ ।  महासमिति सदस्य खिलराज बस्नेत,भोजराज कार्की,अशोक झा,प्रकाशसिंह कार्की,हुतराज बस्नेत,युवराज घिमिरे गोकर्ण बस्नेत,दिप थापामगर लगायतले ध्यानाकर्षण बुझाएका थिए ।

सभापति बस्नेतको हस्ताक्षरसहितको ध्यानाकर्षणमा भनिएको छ, ‘आज हाम्रा निर्वाचित जन प्रतिनिधिहरु बैठकमै कुटिन थालेका छन् । स्थानिय तहका पदाधिकारीहरुले छलफल गर्न बोलाएर प्रहरी प्रशासन लगाई झुट्टा मुद्दा लगाउने, हाम्रा नेताहरुलाई कुटपिट गर्ने, जलविद्युत आयोजनाहरुसँग मिलेमत्तो गरी प्रहरी प्रशासनले झुटा मुद्दा लगाउने तर हाम्रो पार्टी नेपाली कांग्रेस सम्बद्ध कसैको पनि उजुरी समेत दर्ता गर्न नमान्ने कार्यहरु प्रहरी प्रशासकबाट भैरहेको छ ।’

मंगलबार गृहमन्त्रीसमक्ष ध्यानाकर्षण गराउँदै भनिएको छ,‘यसलाई तत्काल रोकी सबै जनताले स्वतन्त्र र निष्पक्ष रुपमा काुनी अधिकारको उपभोग गर्ने वातावरण सृजना होस भनि गहृमन्त्री ज्यूको ध्यानाकर्षण गराउँदछौँ ।’

गाउँपालिका सबैको साझा थलो हो र अध्यक्ष पनि सबैका साझा प्रतिनिधि हुन भन्दै अध्यक्षद्धारा पहिल्यै कुराकानी गर्ने तय भएको विषयमा आफैले छलफल गर्न बोलाई कार्यकक्षमा जाँदा झुठा मुद्दा लगाइ धरपकड गर्न लगाउनु घोर अप्रजातान्त्रिक एवं अधिनायकवादी चरित्र भएको कांग्रेस जिल्ला समितिको निष्कर्श रहेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसका युवा नेता शुभराम बस्नेत, युवा नेता सरोज बस्नेत र उत्तम खड्का रहेका छ । उनीहरुलाई भुटा मुद्दा लगाएर आफैंले समय मागेर छलफलका लागि बोलाएर प्रहरीसँगको मिलेमत्तोमा पक्राउ गरेको कांग्रेसले बताएको छ ।

सत्ताको आडमा प्रहरी प्रशासनको भेषमा दमनको अभियान चलेको भन्दै समितिले भनेको छ ‘नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि श्रृंखलावद्ध रुपमा जिल्लाव्यापी दमनमा उत्रिएको प्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बु घोर भत्र्सना र विरोध गर्दछ ।’

आइतबारै लिखुपिके गाउँपालिका उपाध्यक्षको नेतृत्वमा कांग्रेसका तर्फबाट उपाध्यक्षकी उम्मेदवार मिना कार्की बस्नेत र लिखुपिके वडा ४ का पार्टी सभापति दुर्गाबहादुर बस्नेतमाथि कुटपिट भएको र यसको उजुरी प्रहरी समक्ष पुग्दासमेत प्रहरी मुकदर्शक बसिरहेकोले तत्काल दोषीलाई गिरफ्तार गर्न कांग्रेसको माग छ ।

विभिन्न आयोजनाहरुबाट रकम लिँदै सत्ताको आडमा गाउँपालिका अध्यक्षले दमन गरिरहेको कांग्रेस नेताहरुको आरोप छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर