• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कर्णाली सदनका दुई रोचक दृश्य जसले सबैको ध्यान केन्द्रीत गर्याे...

दृश्य नं. १ 
कर्णाली  प्रदेश सभाका दुई रोचक दृश्यले अहिले सबैको ध्यान केन्द्रीत गरेको छ । पहिलो कर्णाली प्रदेश सभामा सरकारको तर्फबाट मन्त्रीहरुको उपस्थिति नहुनु र दोश्रो प्रदेश सभा सदस्य यामलाल कडेँल र सचेतक सीता नेपाली सदनमा निदाउनु । 

कर्णाली प्रदेश सभाको असार ४ गतेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला मात्रै उपस्थित भए । उनि उपस्थित भएको केहि समयमा नै बाहिरिएपछि सरकारको प्रतिनिधि मानिने मन्त्रीहरुको उपस्थिति नै सदनमा शुन्य भयो । 

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटमाथिको छलफल चलिरहेको समयमा सरकारका प्रतिनिधि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला बाहिर निस्किएका हुन् । 

प्रदेश सभा सदस्य अमृता शाहीले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक बजेटमाथि बोलिरहेको समयमा मन्त्री ज्वाला बैठक कक्ष बाहिर निस्केका थिए । बाहिर निस्केको ६ मिनेट सम्म उनि सदनबाट हराए । 

कर्णाली प्रदेश सरकारमा  मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायत ६ मन्त्री छन् । उनीहरुमध्ये असार ४ गते विहिवारको कर्णाली प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ज्वाला मात्रै सहभागी भएका थिए । 

रोचक त के भयो भने , मन्त्री ज्वाला बाहिर निस्के सँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनमा सरकारको उपस्थिति नभएको भन्दै नियमापत्ति जनाउनु पर्ने हो । तर  उल्टै सत्तारुढ दलका सांसद धर्मराज रेग्मीले नियमापत्ति जनाए ।

‘म सदनमा हुदा माननीय मन्त्री प्रकाश ज्वाला ज्यू त्यहि हुनुहुन्थ्यो म बाहिर निस्किसकेपछि उहाँ पनि निस्किनु भएछ,  हाम्रो माननीय दिनबन्धु श्रेष्ठ माथिल्लो सिटमा भएकोले उहाँले मन्त्रीज्यू बाहिर निस्केको  देख्नु भएनछ । माननीय अमृता शाही बोलिरहनु भएको थियो , त्यसकै विचमा सत्ता पक्षका माननीय धर्मराज रेग्मीले नियमापत्ति जनाउनु भएछ,’ ‘प्रमुख प्रतिपक्षी दलका नेता जीवन बहादुर शाहीले भने,’ ‘माननीय मन्त्री ज्यू बाहिर गएको देखेको भए उहाँहरु भन्दा आफ्नो दलको तर्फबाट पनि नियमापत्ति जनाउने थियौ,।’

सांसद अमृता शाही पछि सदनमा बोल्ने पालो गणेशप्रसाद सिंहको थियो । उपसभामुख पुष्पा घर्तीले उनलाई बोल्न समय दिइसकेको समयमा सांसद धर्मराज रेग्मी नियमापत्ती प्रकट गर्न उठे,र भने ‘माननीय सभामुख ज्यू, बजेट जस्तो महत्वपूर्ण कुरामा छलफल भइरहेको समयमा सरकारका प्रतिनिधि कहाँ हुनुहुन्छ ? कि म माथि बसेका कारण मैले देख्न नसकेको हो ?’

जवाफमा उपसभामुख घर्तीले सांसद रेग्मीलाई मन्त्री ज्वाला  बाथरुम गएको हुनसक्ने भन्दै जवाफ फर्काइन् ।

‘माननीय अमृता जि बोलिरहनु भयो,  बजेटमाथिका कुरा कसलाई सुनाउने हामीले ? सचिवको लाईनमा कोही बसेका छैनन् । सरकारमा धेरै मन्त्री छन् सभामुख महोदय ?’ उनले प्रतिप्रश्न गरे ।

उपसभामुख घर्तीले मर्यादापालकलाई खोज्न भनेर आदेश दिइरहेका समयमा मन्त्री ज्वाला आए ।अनि उपसभामुखले गणेशप्रसाद सिंहलाई बोल्न अनुमति दिइन् ।

‘बजेटमाथिको छ्लफल जस्तो गम्भीर विषयमा सरकारको उपस्थिति भएर पनि जिम्मेवार नहुनुले  सरकार ससदप्रति उदासीन र जवाफदेही नभएको देखिन्छ,’‘प्रमुख प्रतिपक्षी दलका नेता शाहीले समाचार दैनिक सँग भने,।

कर्णाली प्रदेश सभा नियमावली २०७४ को परिच्छेद तीन को बैठक सञ्चालन र स्थगनको व्यवस्थाको छ नम्बर बुँदामा एक जना मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ । ‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रुपमा हुनुपर्नेछ र कुनै खास छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्नेछ,’ नियमावलीमा उल्लेख छ ।

दृश्य नं. २ 
प्रदेश सभाको अर्को  बैठकमा नेकपाबाट निर्बाचित कर्णाली प्रदेश सभा सदस्य यमलाल कडेँल र सचेतक सीता नेपाली संसदको बैठकमा निदाएको फोटो अहिले कर्णालीमा भाइरल भएको छ । 

जनताको काम गर्नको लागि पठाएका माननीय ज्यूहरु यसरी निति निर्माण गर्ने ठाउँमा गएर निदाएको देख्दा आफुलाई अचम्म लागेको नेकपा कर्णाली प्रदेशका एक नेताले समाचार दैनिकलाई बताए । 

संसदमा निदाएको यो पहिलो घहिलो घटना भने होइन । यो भन्दा अगाडि संघिय संसद का धेरै यस्ता प्रतिनिधि मुलक घटनाहरु छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर