• शुक्रबार ३-२६-२०७७/Friday 07-10-2020/ 08:43 am

एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना

टेक्सस ।  गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सङ्घको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले पुरस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । 

समितिले पुरस्कारका लागि आवश्यक कार्यविधि निर्माण गर्ने समितिका सञ्चार संयोजक गौतम दाहालले जानकारी दिनुभयो । प्रत्येक दुई वर्षमा गैरआवासीय नेपालीले प्रकाशन गरेको कृतिमध्ये उत्कृष्ट कृतिमा छनोट हुने कृतिका रचनाकारलाई स्वर्ण पदकसहित पुरस्कार प्रदान गरिने दाहालले बताए । 

साथै समितिले भानुभक्त आचार्यको जन्मजयन्ती पर्ने असार २९ लाई अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसको रूपमा मनाउन विश्वभर रहने नेपालीमा आग्रहसमेत गरेको छ । – सुरज भण्डारी
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोराना कहरमा ‘मृत्युको अघिल्तिर’ 

  • २० असार, २०७७

जन्म र मृत्यु निश्चित छ, अरु सब अनिश्चित । तर हरेक मानिस मृत्युप्रति लगभग बेखरजस्तै बनेर बाँचिदिन्छ । त्यसो त पलपलमा मृत्युको भय लिएर बाँच्न पनि

भारतीय साहित्यकार देवकी नन्द कुम्हेरियाको निधन

  • १२ असार, २०७७

एजेन्सी । बज्र साहित्य परिषदका न्यास कर्मचारी अध्यक्ष तथा बज्रभाषका कवि एवं साहित्यकार देवकी नन्द कुम्हेरियाको निधन भएको छ । उनी ८७ वर्षका थिए

बाँच्नका लागि आशाका कविताहरु लेख्ने कवि : उनैले गरे आत्महत्या 

  • ६ असार, २०७७

एजेन्सी । आवश्यक छैन हरेक दुःख कारण भएर मात्र आउनुपर्छ । कहिले काहीँ विना कारण पनि दुःख आउँछ । अनि आवश्यक छैन, निरासना पनि हामीलाई सावधान गरेर आवस् ।