• शुक्रबार ३-२६-२०७७/Friday 07-10-2020/ 09:35 am

आखिर गल्भान किन यति धेरै महत्वपूर्ण छ ?

सन् २०११ म अमेरिकी सेनाको माउन्टेन अपरेसन्स म्यान्युअलमा उपत्यकाको अवसाद सबैभन्दा अनुकूल टेरेन लेवल –१ युद्ध मैदान मानिएको थियो । किनभने यो ठाउँ सानो भएपनि यहाँबाट ठूलो मात्रामा सैनिकहरुले कारबाही गर्न सक्थे ।

एजेन्सी । बिस्तारै बिस्तारै क्षेत्र कब्जा गर्ने चिनियाँ राजनीतिको रुपमा पूर्वी लद्दानखको सम्पूर्ण गल्भान उपत्यकालाई कब्जा गर्नु एउटा निर्लज्ज र बेइमान दाबी हो । जुन २० मा चार दिनभित्र गरिएको दोस्रो दाबीमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियन झाओले भने, ‘गाल्भान उपत्यका भारत चीन सीमाको पश्चिम भागको वास्तविक नियन्त्रण रेखा (एलएसी) को चिनियाँ पक्षमा पर्छ ।’

जुन १६ मा चिनियाँ सेनाको पश्चिमी थिएटर मान्ड (पिएलए)को बयानले गलभान उपत्यकामाथि सार्वभौमिकता भएको दाबी गर्यो । यसमा भारतको भाग पनि सामेल थियो । यी दाबीहरुलाई पुर्वी लद्दाखमा मेमा सुरु भएको  घुसपैठलाई हालको वर्षमा एलएसी बदल्न चीनको सबैभन्दा ठूलो प्रयास भनिएको छ । 

जुन १५ मा भारतका २० सैनिकहरुसँग आमनेसामने युद्धमा शहिद भए । यस भन्दा पहिला चिनियाँ सैनिकहरुले एलएसी नजिकै पेट्रोल पोइन्ट नम्बर १४ मा पाल टाँगेका थिए । त्यहाँ केही संरचना बनाएका थिए । 

विदेश मन्त्रालयले एक विज्ञप्तिमा भन्यो, ‘यो हिंसा किन भएको हो भने चिनियाँ पक्ष एलएसीको नजिकै केही संरचना खडा गर्न चाहन्थे । धेरै पटक यस्तो नगर्न आग्रह गर्दा पनि उनीहरुले यस्तो गतिविधि रोक्न सहमत भएन ।’

पीपी १४ लाई एसएसीको पूर्वी छेउ भनिन्छ । यो गल्भान नदिबाट ३ किलोमिटर माथिको क्षेत्रमा अवस्थित छ ।  दशकौँ अघि सार्वजनिक गरिएको चिनियाँ नक्सामा पनि गल्भानको यस क्षेत्रलाई भारतको भागको रुपमा स्पष्ट रुपमा वर्णन गरिएको छ । यही पीपी १४ जहाँबाट फर्कने क्रममा भारतीय सैनिहरुको झगडा भयो । 

आखिर किन चीनले अचानक नक्सा बदल्ने निर्णय गर्यो ?यसको जवाफ उत्तरी पहाडी क्षेत्रको जटिल युद्धको रणनीतिमा निहित छ । 

वास्तवमा सबै सैन्य कारबाहिमा  भुभागको प्रकृतिले ठूलो भूमिका खेल्छ । गाह्रो, गहिरो स्थान,चुचुरा, नदि जस्ता प्राकृतिक अवरोधहरुको कारण जमिनमा सैनिक उत्रिनै निकै मुस्किल हुन्छ । त्यसैले उपत्याका निकै उपयोगी हुन्छ । 

यसले लोेजिस्टिक लाइफलाइनको रुपमा काम गर्छ । किन भने उपत्यकाको फेदमा एयरफिल्डरहरु र सडकहरु बनाउन सकिन्छ । साथै, त्यहाँबाट तोपहरु ठूला सशस्त्र सवारीहरु बोक्न सकिन्छ । जसको कारण सजिलै सैनिकको प्रवेश हुन्छ । 

सन् २०११ म अमेरिकी सेनाको माउन्टेन अपरेसन्स म्यान्युअलमा उपत्यकाको अवसाद सबैभन्दा अनुकूल टेरेन लेवल –१ युद्ध मैदान मानिएको थियो । किनभने यो ठाउँ सानो भएपनि यहाँबाट ठूलो मात्रामा सैनिकहरुले कारबाही गर्न सक्थे । यस परिप्रेक्ष्यमा गल्भान उपत्यकाको महत्व बुझ्न सकिन्छ ।

अत्यन्त महत्वपूर्ण दरबक श्योक–दौलतबेग ओल्डि (डीएसडीबीओ) सडक निमार्ण गत वर्ष मात्र सम्पन्न भएको छ । यो मार्ग नदिको किनारा र गल्भान र श्योकको सभा हुने स्थानमा फैलिएको छ । 

तोपखाना र ट्याकको सहयोगबाट चिनियाँ आक्रमण भएको खण्डमा उनीहरुले डीएसडीबीओलाई काट्न सक्छिन् । जसले गल्भानको उत्तरमा भारतीय सेनाको लागि आपुर्तिमा अवरोध पुर्याउन सक्छ । सब रेक्टर उत्तरको नामबाट चिनिने यो सैन्य क्षेत्र काराकोरम पासभन्दा ठिक तल छ साथै सबै भन्दा महत्वपूर्ण छ । 

सैन्य विश्लेषक मेजर जनरल (सेनावृत्त) विनय चन्द्रन भन्छन्, ‘यदि उनीहरु उपत्यका भएर आए भने सडकको सम्पर्क तोड्न सक्छन् ।’ हामीले पीपी १४ नजिकको उचाइमा समाइरहँदा यसलाई सुरक्षित गर्नुपर्छ । सन् १९६२ मा भारतीय सेनाले गल्भान उपत्यका नजिकको  हट स्प्रिंग्समा एक चौकी स्थापना गरेको थियो । 

यसको केही कारण छ, स्वर्गीय पत्रकार नेभिली म्याक्सेलले सन् १९७० मा आफ्नो पुस्तक ‘इन्डिया चाइना वार’ मा लेखेको थिए, ‘यो भारतीय सेनाको मुख्यालयको नक्सा अनुसार चिनियाँ आधिकारिकयुक्क्त क्षेत्रमा सेनाको प्रवेशको लागि उत्तम मार्ग हो । ’

पूर्व उत्तरीमानका एक पुर्व कमान्डर भन्छन् –‘उपत्यका त्यति आकर्षण ठाउँ छैन । किन भने त्यहाँ पीएलएको कुनै ठूलो शिविर र लक्ष्यणहरु छैन । उनले फेरी भने –‘हाम्रो लागि उपत्यकाको सुरक्षा निकै महत्वपूर्ण छ । स्पष्ट रुपमा जब दाव उच्च हुन्छ कुनै पनि सरकार वा सेनाले यो क्षेत्र छोड्ने क्षमता राख्न सक्दैन । 

जुन १९ मा विदेश मन्त्रालयले स्पष्ट पारेको छ , हाम्रो सबै गतिविधिहरु एलएसीको भारतको भागमा छ । साथै यो आशा गरिएको थियो कि, चिनियाँ पक्षले पनि एलइसीको चिनिायँ पक्षका आफ्नो गतिविधिहरु सीमित राख्नुपर्छ । ’

यद्यपी,लद्दाखमा भारतीय सेनाको विशाल परिचालन ट्यान्को र तोपखानाको परिचालन लडाकु र हेलिहप्टको आवातजावतले बताउँछ भारत सरकारले चिनिायँलाई गल्भानबाट भगाउन कूटनीतिक प्रयास बढी आवश्यक छ भनेर सचेत गराएको छ ।

-इन्डिया टुडेबाट

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जहिले प्राकृतिक विपत्तिले नछोडेको सिन्धुपाल्चोक

  • २६ असार, २०७७

काठमाडौं । बिहीवार बिहानको मिरमिरे उज्यालोका किरणले भुईं भर्खर देखिन थालेको थियो । वर्खाको मौसम मिरमिरेको किरणमा व्युँझिने बानी परेका लागि फेरि

ज्योति बसु : भारतीय कम्युनिष्ट आन्दोलनको ‘ज्योति’

  • २४ असार, २०७७

काठमाडौं । नेपालको कम्युनिष्ट पार्टी भित्र बिग्रह चलिरहेका बेला कतिपय नेताहरुले भारतीय कम्युनिष्ट पार्टीको उदाहरण दिने गरेका छन् । त्यसमा पनि

कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकै ठाउँका स्वास्थ्य संस्था १० दिनदेखि बन्द

  • २४ असार, २०७७

महोत्तरी ।  भारतसँग सीमा जोडिएको महोत्तरीको सम्सी गाउँपालिकामा कोभिड–१९ सङ्क्रमण उच्च देखिएको छ तर त्यहाँ एक प्राथमिक स्वास्थ्य केन्द्र र चार