• २०८२ असार २१ शनिबार
  • Saturday, 5 July, 2025

सरकारको समिक्षा गर्ने बेला याे होईन –सुवासचन्द्र नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थायी कमिटी बैठकमा गलत विषयलाई एजेण्डाको रुपमा अघि सारेको तर्क गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न र यसबाट बच्न सरकारले गरिरहेका काममा साथ दिनुको सट्टा नेकपा भित्रै सरकारको समिक्षा गर्ने एजेण्डा तय गरेर गलत काम भएको उनले बताए । संसदीय दलका कार्यालय सिंहदरवारमा संचारकर्मीहरुसँग कुरा गर्दै संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले कोरोना संक्रमणका बेला स्थायी कमिटीको लामो बैठक बस्ने र सरकारको समिक्षा गर्नतिर लाग्नु गलत भएको बताएका हुन् । 

‘यतिबेला भनेको गर्नै पर्ने, नगर्दा विग्रने कोरोना भाइरससँग जोडिएका विषयमा छोटो छलफल गरेर सरकारलाई साथ दिने बेला हो । विपक्षी दल लगायतले पनि त्यसरी साथ दिनुपर्ने बेला नेकपाकै स्थायी कमिटीमा एजेण्डा तय गरेर सरकारको समिक्षा गर्न लाग्नु सहि तरिका होईन,’ उपनेता नेम्वाङले भने, स्वास्थ्य सामाग्री गरिद जस्ता विषयमा समेत अहिले समिक्षा गर्ने होईन । संसदको बैठक समेत गर्ने पर्ने केही काममा लागि मात्रै केन्द्रित भएको छ । छलफल गर्नुपर्छ, बोल्न पाउनु पर्छ । तर हरेक कुराको बेला हुन्छ ।'

स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले व्यक्त गरेका विचारको भावना एक भएर अघि बढ्ने रहेको बताउदै उनले जनताले दिएको मतको कदर गर्न छोडेर आपसमा लड्न थाल्ने हो भने नेकपा पनि भारतीय कम्युनिष्ट पार्टीको हालतमा पुग्ने तर्क गरे ।

कुनै बेला भारतीय कम्यूनिष्ट पार्टीका नेता ज्योती बसुलाई प्रधानमन्त्री बन्ने अवसर आएको र त्यसलाई अस्वीकार गर्दा पार्टी ओरालो लाग्न थालेको प्रशंगा निकाल्दै सभामुख नेम्वाङले भने, सिंगो भारतले ज्योती बसुलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो । तर भाकपाले बडो क्रान्तिकारी निर्णय गर्दै प्रधानमन्त्री बन्न अस्वीकार गर्ने निर्णय गर्यो । ठिक त्यही बिन्दुबाट भाकपाको ओरालो यात्रा सुरु भयो । अहिले भारतमा कम्युनिष्ट पार्टी कुन हालतमा छ हामिले देखिरहेका छौं,’ नेम्वाङले थपे, यदि अहिले नेकपालाई जनताले दिएको झण्डै दुई तिहाई मतको कदर गरेर देश र जनताको पक्षमा काम गर्नुको सट्टा आपसमा भिड्न थालियो भने नेकपा पनि कुन अवस्थामा पुग्छ भन्न सकिदैन ।’

सन् १९९६ मा बसुलाइ भारतकाे प्रधानमन्त्री बन्ने प्रस्ताव आएको थियाे । तत्कालिन अवस्थामा गरिएकाे उक्त प्रस्ताव अस्वीकार गर्नु गल्ति भएकाे साे पार्टीले पछि समिक्षा गरेकाे थियाे । बसु २३ वर्ष सम्म पश्चिम बंगालको मुख्यमन्त्रीको रुपमा रहेका थिए । वाकपटुता नभएका तथा वाक्य समेत पुरा बोल्न नसक्ने भनेर आलोचना गर्ने गरिएका बसुलाई भारतमा कम्युनिष्ट पार्टी बाहेकका राजनीतिज्ञले समेत सम्मानीत नेताका रुपमा मान्दथे ।

उपनेता नेम्वाङले कोरोना भईरसको संक्रमण विरुद्ध एक भएर लड्ने र त्यसलाई पराजित गरिसकेपछि पार्टी भित्रका असमझदारी र समिक्षाका विषयहरुमा प्रसस्त छलफल गर्न सकिने तर्क गरे । अहिले सरकारलाई एकढिक्का भएर साथ दिनुपर्नेमा नेताहरुले सरकारको समिक्षा र पुराना कुरा खोतल्न थालेर ठिक काम नगरेको उनले बताएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर