• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

'अर्थरसँग प्यानिक साट्ने निर्णयमा बार्सिलोना एकदिन पछुताउनेछ'

एजेन्सी । बार्सिलोनाबाट खेल्ने ब्राजिलियन युवा स्टार मिडफिल्डर अर्थुर मेलो र युभेन्टसबाट खेल्ने बोस्नियाका पाका मिडफिल्डर मिरालेम प्यानिक साटफेर गर्ने कुराले फुटबल मार्केट तातेको छ । फुटबल विज्ञ, बार्सिलोनाका फ्यान तथा विश्लेशकहरुले यदि यो डिल गर्न बार्सा तयार भएको हो भने उसले एक दिन पछुताउनुपर्ने तर्क गरेका छन् ।

अर्थरको रुची, फ्यानको दबाव, विश्लेषक तथा टिमका क्याप्टेन सुपरस्टार लियोलन मेस्सीको सुझावका बबजुत बार्सिलोना अर्थरलाई क्याम्प नोउबाट बिदा गर्ने योजना बनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले दावी गरेका छन् । जवकी २ वर्षअघि उनलाई बार्सा भित्र्याउदा क्लबका लिजेण्ड तथा वर्ल्ड क्लास मिडफिल्डर जाभी हर्नान्डेजको ठाँउ लिने विश्लेषण गरिएको थियो ।

यो २ वर्षका बीचमा उनले देखाएको कौशल र क्षमताले त्यो विश्लेषणलाई पुष्टि गर्ने संभावना पनि छ । तर कोरोना पेन्डामिकबाट उत्पन्न हुने आर्थिक भारतको व्यवस्थापनका लागि भन्दै बार्सिलोनाले युवा मिडफिल्डरसँग बुढा मिडफिल्डर साट्ने तयारी गरेको छ । ३० वर्षका प्यानिक मेलो भन्दा ७ वर्ष जेठा हुन् । 

सन् २०२० मा यी दुई खेलाडीको पर्फमेन्स तुलना गर्ने हो भने पनि प्यानिक भन्दा अर्थर नै अब्बल देखिन्छन् । ३२ खेल खेल्दा प्यानिकले ३ गोल र ४ असिस्ट गर्न सफल भएका छन् भने ३१ खेलमा अर्थरले ४ गोल र ४ असिस्ट गरेका छन् । अर्थरको पास एक्युरेसी ९०.९ छ भने प्यानिकको ८९.७ छ । फेयर प्लेका हिसावले पनि अर्थरले २ पटक पंहेलो कार्ड पाएका छन् भने प्यानिकले ७ पटक । दुवैले रातो कार्ड भने खाएका छैनन् । 

मार्केट भ्यालु प्यानिकको भन्दा अर्थरकै धेरै छ । जसमा अर्थरको ५६ मिलियन छ भने प्यानिकको ५२ मिलियन । प्रतिखेल सुट भने अर्थरको भन्दा प्यानिकको धेरै देखिन्छ । 

प्यानिक र अर्थरको साटफेर बारे मुख नखोलेपनि बार्साका कप्तान लियोनल मेस्सीले अर्थरको प्रशंसामा भने शब्द खर्च गरिसकेका छन् । 

छोटो समयमा नै बार्सिलोनाको खेल्ने शैलीसँग भिजेका, बल होल्ड गर्न र सटिक पास निकाल्न सक्ने अर्थरले मेसीको मन जितेका छन् । विश्व भरीका बार्सिलोनाका फ्यानले पनि अर्थरलाई नबेच्न सन्देश पठाईरहेका छन् । तर बार्सा बोर्डले उनलाई युभेन्टर पठाउन सम्झौता गरिसकेको श्रोतहरुको दावी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर