• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

‘व्यवसायी’ मुखी गीतको भीड्मा हराएका असारे भाका

लेग्रो तानेर गीतको पहिलो लाइन झिकेपछि बीचमा अनुप्रासका टुक्कालाई मिलाएर अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ । यस भाका फाँकीहरु १६ र १६ अक्षरका हुन्छन् र हरेक पाउका १० अक्षरमा विश्रान्ति लिई लामो स्वरका लेग्रो तान्ने यो भाका गाइन्छ । यसको टुक्काको पुरनावृत्ति भइरहने स्रष्टाहरुको भनाई छ । 

काठमाडौं । ऋतु अनुसारका भाका । हरेक क्षेत्रका आ–आफ्नै परिवेशसँगै लोक भाकाले मनै उमङ्ग हुने । प्रकृति, पर्यावरणसँगै चरीको भाका र हिमाल, पहाड, तराईका जनजीवनमा फेरिने यर्थातता हामीबीच बाह्रैमास घुमेको चक्र हो । वर्षैभरी एक न एक भाकाले पर्व, खेती किसानको मौसम हाम्रा लोक संस्कृतिका भाकाले निर्देश गर्छ ।

आज धान दिवस । कोरोना संक्रमणको महामारी एकतिर छ । यो वर्षको शुरुवातीसँगै धेरैको मन चयन छैन । लकडाउन केही खुकुलो छ । त्यसबीच आज यस वर्षको धान रोपाईं अन्तिम हो । वर्षे झरीको भरमा रोपाई गर्नुपर्ने ठाउँमा कतै खडेरी परे मात्रै आजका पछि दिनमा रोपाई हुन्छ । 

आजको दिनमा खेतीको आलीमा गुञ्जिने ती असारे भाका । केही समयपछि नाग पुजा आउँछ । त्योसँगै साउने संक्रान्तिमा यानीमाया, जनै पूर्णिमा जुन दिन उपत्यकाको काठ क्षेत्र काठे भाकाले पुरै गुञ्जिन्छ । त्यस लगत्तै मध्य पहाडी र केही शहरहरुमा चेलीबेटीको तीजका भाका गुञ्छिन्छन । उपत्यकामा इन्द्र जात्रा, गाई जात्राको रनौकमा धिमे बाजाको रनौक अर्कै हुन्छ ।

तीजको निख्रिदैं जाँदा दशैंको छेको आउन थाल्छ, अनि बच्छ मालाश्री धुन । कोजाग्रत पूर्णिमाका दिन जब फूलपाती सेलाएसँगै अर्को दिनबाट शुरु हुन्छ, देउसी–भैली बलिराजका कथा । तिहार सकिएसँगै तराईमा छटको सूर्य आरधाणाको भजन, हिमाली र मध्यपहाडीमा ल्होछार । जहाँ तामाङ, गुरुङ र शेर्पा जातिका डम्फु, मादल र तामाङशेलो शुरु हुन्छ ।

जव माघे संक्रान्ति शुरु हुन्छ जहाँ मुलुकका ठूलो संख्या ओगटेका मगर र थारु जातिको पर्व शुरु हुन्छ । जहाँ कौडा, सोरठी, सकिया नाच शुरु हुन्छ । जब माघ सकिना साथ होलीको माहोल शुरु भई रंगविरंगका नाचगान पहाडमा एक दिन अघि र तराईमा दोस्रो दिन धुमधामसँग नाचगान शुरु हुन्छ । जुन शहरी जीवनशैलीमा समेत ठूलै पर्वका रुपमा मनाइन्छ । यसरी नै हाम्रो समाज गीतका भाका, रमाईलो गर्ने जीवनशैली माटाका भाँडा बनाउने चक्र झैं फनफनी घुम्छ । 

.........

लेकको चरी बेसीमा झर्यो पाकेको बर खान
हाड मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान
असार मास कुटेका चिउरा म कति साँचुला
सौताको हात दुई कुड्की भात म कति बाँचुला ।।

यी कालजयी भाकामा उनिएका असारे भाकाका हरफ प्राज्ञ हरिदेवी कोइरालाका हुन । असारे गीतमा समावेश केही यी हरफहरुले जुन समयमा रचिए उनताकाको समाजलाई झल्काउँछ । जसले एक चेलीको पीडा र भोको पेटको आवाज बोलेको छ । पीडादायी यस्ता भावनाहरु समेटिएका गीत बजारमा नआएको धेरै वर्ष भएका छन् ।

आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । असारको दोस्रो सातामा आइपुग्दा असारे भाका खेतको आलीबाट खासै गुन्जिएनन् । गुन्जियोस् पनि कसरी ? यसको दुईखाले कारणहरु देखिएका छन् । पहिलो पुराना भाका, संस्कृति, परम्परालाई आधुनिकता र तडकभडकले किनारा लगाउँदै गएको छ । अर्कोतिर व्यापारका नाम र आधुनिक, शहरी जीवनका लागि धान झुलेका धेरै खेतहरुमा कंक्रीटका घरहरु बनेका छन् । बरु, सामाजिक सञ्जालमा उत्ताउला, भड्किला तीजका गीत पो शुरु भएका छन् । जसको ‘टे«न्डिङ’को हिसाव–किताव शुरु गरिएको छ । 

नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाईंमा दिनभर थाकेको बाउँसे र रोपाराहरु एक अर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाई बिर्सने गर्छन् । खेतका गह्रा, खोलानाला र खहरेबाट झर्ने पानीको छङछङ आवाजसँगै असारे भाकालाई अझै मिठास थपिने ती दिन । जसले थकाई बिर्साउँदै आनन्द प्रदान गरेका हुन्छन ।

असारे गीतको भाका सुनिएपछि असार सुरु भयो है भनेर किसानहरु धान रोप्ने दिनको रोमाञ्चित दिन औंलाले गन्थे पहिले । जब गाउँ घरका आगनीमा रेडियोको ठूलो अवाजले गाउँने असारे गीतले गुञ्जयमान नै हुन्थ्यो । खेतमा पानी ल्याएको कुलोमा धानको बिउ राखेर पुजा गरिन्थो । बाउँसे, हली, गोरु र रोपारहरुले निधारमा रातो टिका लगाएर असारे भाकासँगै रोपाइँ सुरु हुने चलन हो । अचेल देशैभरि एफएम रेडियोका पहुँच छ । त लेग्रो तानेर गीतको पहिलो लाइन झिकेपछि बीचमा अनुप्रासका टुक्कालाई मिलाएर अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ । यस भाका फाँकीहरु १६ र १६ अक्षरका हुन्छन् र हरेक पाउका १० अक्षरमा विश्रान्ति लिई लामो स्वरका लेग्रो तान्ने यो भाका गाइन्छ । यसको टुक्काको पुरनावृत्ति भइरहने स्रष्टाहरुको भनाई छ । 

र, उति साह्रो असारे भाकालाई उनीहरु ध्यान दिंदैनन् । खेतका गह्रामा रोपरेका मुखबाट असारे भाका बिरलै सुनिन्छ । 

गायक तथा संगीतकार बुलु मुकारुङ भन्छन– ‘असारे गीत मौसमी गीतभित्रको पनि खेतीपातीको गीत हो । सातै प्रदेशमा गरेर सात सय प्रकारका असारे गीतहरु पाइन्छन । जसमा रोपाईं, प्रेम, जीवनशैली, प्रकृति, जुहारी ख्याालठ्ट्टा गर्ने लगायतका हुन्छन् । तर आज एक प्रकारका असारे गीत सुन्न पनि मुस्किल भएको छ । हाम्रो जातजाति र भाषा अनुसार प्रत्येक ठाउँमा असारे गीतको भाका बेग्लै हुन्छ ।’

गायक तथा संगीतकार बुलु मुकारुङ भन्छन– ‘असारे गीत मौसमी गीतभित्रको पनि खेतीपातीको गीत हो । सातै प्रदेशमा गरेर सात सय प्रकारका असारे गीतहरु पाइन्छन । जसमा रोपाईं, प्रेम, जीवनशैली, प्रकृति, जुहारी ख्याालठ्ट्टा गर्ने लगायतका हुन्छन् । तर आज एक प्रकारका असारे गीत सुन्न पनि मुस्किल भएको छ । हाम्रो जातजाति र भाषा अनुसार प्रत्येक ठाउँमा असारे गीतको भाका बेग्लै हुन्छ ।’

अमिलो भन्नु कागती दाना गुलियो कसार
यता नि पानी उता पनि पानी लागेछ असार

मुकारुङका अनुसार यो गोरखातिर गाइने असारे भाकाका शब्द हो । जसमा प्रकृतिको वर्णन गरिएको छ । दिनभरी जताततै पानी पर्यो अब असार सुरु भयो है भन्ने संकेत यो गीतको शब्दले दिएको छ । 

मानो खाएर मुरी रोप्ने एक महिने पर्व जस्तै असारे महिनामा पहिले जस्तो उल्लास आजकल पटक्कै पाईदैंन । आजकल मेला हिड्ने परम्परा कम भएको र असारे गीत गाउँने छाडेकाले भाकासमेत लोप भएको बुढापाकाहरु बताउँछन् ।

‘असारे गीतको आफ्नै विशेषता छ, दिनभरी असारको महिनामा घाम पानीमा काम गर्दा धेरै थकाई लाग्छ त्यही थकाइको महसुस नहोस् भन्न पनि असारे गीत गाइन्छ । तर, आजकाल धान खेती नै हुन छोड्यो भन्दा फरक नपर्ला । अहिले त धान फल्ने खेतमा घर खेती हुन थालेको छ । जसले गर्दा असारे भाका लोप हुनु सामान्य जस्तै भयो’, मुकारुङले समाचार दैनिकसँग भने । 

असारे भाकाले एउटा सिंगो समाज निर्माण गरेको कथन पेश गर्दै उनले भने– ‘मानिसहरुले सामूहिक रुपमा खेती गर्न छोडेका छन् । पहिले गोसार अर्थात् पर्म जाने चलन थियो । गाउँ सबै मिलेर एक परिवारको धान एकै दिनमा रोपेर सक्थे । असार महिना सकिदा गाउँभरीकै धान रोपेर सकिन्थ्यो । तर अहिले यसरी खेती नै गर्न छोडे अनि असारे गीत नहराएक के हराउँछ ?’

समाज आधुनिकताको खोजीमा दौडिरहेकाले पुराना कला संस्कृतिको महत्व घट्दै गएको उनले बताए । ‘संस्कृति नै नरहेपछि गीत कसरी उब्जिन्छ ?’, उनले प्रश्न गर्दै भने– ‘नयाँ पिढीहरु केवल आधुनिक शिक्षामा पे्ररित भइरहेका छन् । त्यो राम्रो पक्ष हो । त्यही आधुनिक शिक्षामा आफ्नो कला र संस्कृतिलाई पनि सँगै डोर्याएर लैजनाले हो भने अझ सुनमा सुग्न्ध हुथ्यो । हाम्रो कला संस्कृति जोगिने थियो ।’ 

पछिल्लो पुस्तालाई असारे गीत गाउँन आउँदैन । सायद धेरैले असरे गीत सुनेका पनि छैनन् । कतिपयले धान कसरी रोपिन्छ ? भन्ने कुरा केवल इन्टरनेटमा मात्र हेरेका होलान । रोपाईंका बेला विउ काढ्ने, खेत रोप्दा उत्सव जस्तै मनाईने असारे रोपाइको रौनक यतिबेला घट्दै गएको छ ।

बिहानैदेखि खान खाएर मेला जाने खेत रोप्ने हिलो खेल्ने र साँझसम्म काम गरेर घर फर्केने पुरानो चलन हो । तर  अहिले कतिपयलाई फेसन भएको छ । फेसबुकका भित्तामा राख्न फोटो, केही मिनेटका भिडियो र टिकटकमा १५ सेकेन्डको भिडियो बनाउन आँखा पनि छोपिने गरी हिलोमा डुब्ने गरेका छन् युवा ,अनि हातमा मोबाइल बोकेर र स्पिकरमा गीत सुनेर रमाउने गरेका छन् ।

जो वर्षमा १ घण्टा तस्बिर र भिडियोका लागि खेतमा आलिमा उभिएका छन् । उनीहरु नै सामाजिक सञ्जाल मार्फत् असारको महत्व सिकाइरहेका हुन्छन् । यस्तो अवस्थामा उनीहरुबाट हाम्रो संस्कृति कसरी पुस्तान्तरण हुन्छ ? भन्ने प्रश्न पछिल्ला दिनमा समाजमा निर्माण हुँदै गएका गतिबिधिले प्रश्न उब्जाईरहेको छ ।

पछिल्लो सयममा रोपाईको क्रममा असारे गीत गाउन छोडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको छ  । आजकाल रोपाईंमा असारे भाका गाउँने पुस्ता पनि उस्तो छैनन् । विद्युतीय सञ्चार माध्यमहरुबाट पनि बझाउन छोडिएको छ । कुनै समय असार लाग्ने केही दिन अघिदेखि नै गाउँ घरमा रेडियोमा दिनभरी असारे भाका सुनेर आनन्द लिइन्थ्यो ।  

असारको बेला जानु पर्ने मेला
पानी पर्यो दर्केर.......
बर दाही सके लाठे आइसके
पानी पर्यो दर्केर......
यो गीत गीतकार पुरु लम्सालको शब्दमा निर्माण भएको यही वर्षको असारे भाका हो । गीतका गायिका लक्ष्मी स्याङतानको अवाज रहेको छ । लय सङकलन सुशीलसिंह ठकुरीको रहेको छ । जसमा एकल अवाजमा बाजाहरुको नायँ प्रयोग भएको छ ।  उनले गीतमा मात्र होइन आफ्नो नाटक ‘नौ गेडी’ मा पनि असरे भाका प्रयोग गरेका छन् । 

उनी असारे गीतको महत्व बुझाउँदै भन्छन– ‘असारे गीतलाई मानिसहरुले निकै सानो रुपमा बुझेका छन् । वास्तवमा असारे गीत भनेको घाँसे गीत हो । हाम्रो बुझाई के भयो भने धान रोप्न जाँदा र असार महिनामा मात्र गाउँने गीत असारे गीत हो । तर, वास्तवमा त्यो होइन असारे गीत मेलापात, वन जंगल जाँदा गाइने सुख, दुःख माया–प्रेमका भाका हो ।’ 

व्यवसायीमुखीको नाममा अहिले गीत र भाका पुराना जस्ता मर्मस्पर्सी छैनन् । कसैले रचना गरी हाले पनि चल्दैनन् । ‘गीतहरु व्यवसायीकमुखी भएका छन् । मानिसहरुले आफ्नो कला र संस्कृतिका गीतहरु निकै कम गाउँने गरेका छन् । असारे गीत लोप हुनुको कारण मानिसहरुको स्वाद अनुसारका गीतहरु ल्याउनै सकेका छैनौं । हामी गीत बनाउने गाउँने गीतकार गायक गायिकाहरुले पनि यो हाम्रो कला संस्कृति हो भने स्वीकार्दै गीत गाउँन सकेको अवस्था छैन’, लम्सालले भने ।

बजारमा आएका हरेक प्रकारका गीतहरु जो हाम्रो कला, संस्कृति र सभ्यतासँग जोडिएका छन् त्यस्ता गीतहरु बजारमा नितान्त कम आएका छन् । बजार व्यवस्थापन दर्शकको हिसाबमा पनि यस्ता गीतहरुले आफ्नो स्थान पाएको देखिदैँन । पहिले रेकर्ड गरिएका गीतहरु प्राविधिका कारण संग्रहमा छैनन् । पछिल्लो पुस्ताका कलाकारहरुले सांस्कृतिक गीत भन्दा पनि व्यवसायिक गीतलाई प्राथमकिता दिएका छन् ।

नेपाली लोक गीतमा विभिन्न चाडपर्व, ऋतु, खेतीपाती गर्दा गाइने सांस्कृतिक भाका र भाव मिसिएका पाइन्छन् तर यस्ता गीतहरुको संरक्षण र सम्वद्र्धन भने हुन सकेको छैन । जसले गर्दा आफ्नो संस्कृतिमुलक गीतहरु लोप हुँदैछन् । यस्ता गीतहरुलाई संरक्षण गर्न अति आवश्यक छ ।

लेग्रो तानेर गीतको पहिलो लाइन झिकेपछि बीचमा अनुप्रासका टुक्कालाई मिलाएर अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ । यस भाका फाँकीहरु १६ र १६ अक्षरका हुन्छन् र हरेक पाउका १० अक्षरमा विश्रान्ति लिई लामो स्वरका लेग्रो तान्ने यो भाका गाइन्छ । यसको टुक्काको पुरनावृत्ति भइरहने स्रष्टाहरुको भनाई छ । 

खासमा, असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ । असारेलाई पूर्वी भेगमा ‘रसिया’ भनिन्छ भने पश्चिमाञ्चलतिर ‘काँठे भाका’ भन्ने गरिन्छ ।

लेग्रो तानेर गीतको पहिलो लाइन झिकेपछि बीचमा अनुप्रासका टुक्कालाई मिलाएर अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ । यस भाका फाँकीहरु १६ र १६ अक्षरका हुन्छन् र हरेक पाउका १० अक्षरमा विश्रान्ति लिई लामो स्वरका लेग्रो तान्ने यो भाका गाइन्छ । यसको टुक्काको पुरनावृत्ति भइरहने स्रष्टाहरुको भनाई छ । 

असारे भाकाले थकित शरिरलाई आनन्ददायी र रोचक बनाइदिन्छ । रोपाईं गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घट्नालाई गीतका शब्दमा रुपान्तरण गरेर असारे गीत गाउने गरिन्छ । यो गीत कतै दोहोरीका रुपमा गाइए पनि प्रायः एकोहोरो बढी गाइने चलन छ । किसानको लागि असार महिना एउटा उत्सव हो । यही उत्सवमा हिलो र धानको बिउँसँगै दिनभर खेतमा रमाउछन किसान ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर