• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रोगले होइन, भोकले मर्ने भइयो भन्दै ट्याक्सी व्यवसायी बिहानै प्रदर्शनमा

काठमाडौं । सरकारले अहिलेकै स्वरुपमा आउँदो साउन ७ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेपछि ट्याक्सी व्यवसायी प्रदर्शनमा उत्रिएका छन् ।  समयदेखि ट्याक्सी चलाउन नपाएपछि काठमाण्डौका ट्याक्सी चालक तथा  व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । 

उनीहरुले बिहानै नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन् । 

ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार, कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेउ’, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर