• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जर्मन कप फुटबलको उपाधि बायर्नलाई

बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा बायार लेवरकुसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

लेवरकुसनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक एक गोल गरे । यससँगै बायर्नले २० औं पटक जर्मन कपको उपाधि जितेको छ । बायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो ।

जर्मन कपको उपाधि २० पटक जित्ने बायर्न एक्लो टिम हो । बायर्नको यो सिजनको दोस्रो उपाधि समेत हो । बायर्नले यस अघि बुन्डेसलिगाको उपाधि जितिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर