• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

बाग्लुङमा क्वारेन्टाइनबाट घर पठाइएका एक व्यक्तिको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी

बाग्लुङ । कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइएका बागलुङका एक व्यक्तिको मृत्यु भएको छ ।

 निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मिलन मल्लले जानकारी दिए । 

केही समय अगाडी भारतबाट आएर ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गा स्थित छोरेगाउँ माविको क्वारेन्टाईनमा बसेका उनको आइतबार मृत्यु भएको हो । उनको पिसिआर रिपोर्ट अहिलेसम्म आएको छैन । रिर्पोट आएपछि मात्र मृतकको दाहसंस्कार गर्ने तयारी गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर