• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

कम्बलमा भ्रष्टाचार: प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजदेवी नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार रजकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ। आयोगले कम्बल खरिदमा अनियमितता गरेको भन्दै अधिकृत रजकसहित ६ जनासँग जनही  १ लाख १५ हजार ८ सय रुपैयाँ विगो दावी गरेको छ।

रौतहट गौरस्थित गिरधारी कुमार अग्रवालको पसलबाट ४ सय रुपैयाँ प्रतिथान मूल्य पर्ने कम्बललाई एक हजार २ सय रुपैयाँमा प्रतिथान खरिद गर्दै भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। रौतहटबाट ४ सय ८ थान कम्बल खरिद गर्दा दररेट माग गरेको देखाई सम्बन्धित फर्मबाट खाली दररेट पेश गर्न लगाई दररेट उल्लेख नभएको अवस्थामै टिप्पणी उठाई फर्महरुमध्ये न्यु बजरंगी इम्पोरियमसँग सबैभन्दा कम दररेट पेश गरेको भनी टिप्पणी स्वीकृत गरी  भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख  छ।

न्यु बजरंग इम्पोरियमको बिल अनुसार निर्णयमा संलग्न गरी भुक्तानी गरेको पाइएकोले बदनियतपूर्वक मिलेमतो गरी बढी मूल्यका दरले ४०८ थान कम्बल खरिद गर्दा  १ लाख १५ हजार  सरकारी रकम हानी नोक्सानी गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ। 

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत रजक, निमित्त प्रमुख प्रशासकीय अधिकृत (नासु) प्रमोदकुमार बर्मा, तत्कालीन लेखापाल वैद्यनाथ झा, लेखापाल रेणु यादव र न्यु बजरंगी इम्पोरियम गौरका प्रोपोइटर गिरधारी कुमार अग्रवालसँग जनही १ लाख १५ हजारको दरले असुल हुनपर्ने माग गरेको छ। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सजायको मागदावी पनि अख्तियारले गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर