• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

शुक्रबारदेखि देशैभर ठूलो वर्षा हुने , बाढीको सम्भावना रहेकाले सावधानी अपनाउन सुझाव

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि देशभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । मनसुन सक्रिय रहेकाले धेरैजसो ठाउँमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ । असार २६ देखि २९ गतेसम्म धेरैजसो नदीमा पानीको बहाव सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्ने बिभागले जनाएको छ । 

कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ्ने विभागले जनाएको छ । यस्तै प्रदेश नम्बर १ र २, वाग्मती तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही ठाउँमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको छ ।विभागले पू्र्वसावधानी अपनाउन समेत आग्रह गरेको छ । 

आज अधिकांश स्थानमा पानी पर्ने
बाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अरु ठाउँमा भने आज दिनभर सामान्यतया बदली रहेर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

रातिदेखि नै पानी परेका पहाडी भेगमा पहिरो र तराई तथा पानीको राम्रोसँग निकास नभएको ठाउँमा डुबानको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर