• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

१ करोड बढीमा अनुबन्धित सन्दीपको जमैकामा को–को छन् स्टार खेलाडी ?

क्यारेवियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने भएका छन् ।  कोरोना भाइरसको महामारीका कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका हुन् ।

उनले ड्राफ्टमा ९० हजार डलर मुल्य तोकेका थिए ।  सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट सन्दीपले यसअघि सीपीएल खेलिसकेका छन् ।

सन्दीप पहिलो संस्करणमा ५ हजार तथा दोस्रो संस्करणमा ७० हजार डलरमा अनुबन्ध भएका थिए । अहिले तेस्रो संस्करणमा उनी ९० हजार डलरमा अनुबन्ध भएका छन् ।

यो सन्दीपको अहिलेसम्मकै सर्वाधिक ठुलो अनुबन्ध पनि हो । सन्दीपको टिममा आन्द्रे रसेल , कार्लोस ब्राथवेट जस्ता स्टार खेलाडी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर