• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

शीर्ष स्थानको युभेन्ट्स एसी मिलानसंग पराजित

एजेन्सी । सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले एसी मिलानसंग हार ब्यहारेको छ । गएराति दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले एसी मिलानसंग ४–२ गोल अन्तरले हार ब्यहोरेको हो ।

ज्लाटन ईब्राहिमोभिचको पेनाल्टी गोलसंगै मिलान क्लबले शीर्ष स्थानको युभेन्ट्समाथि पुनरागमन जित निकालेको हो । 

दोस्रो स्थानको लाजियोले रेलिगेशनबाट बच्न संघर्षरत लिसीसंग २–१ ले पराजित भएसंगै युभेन्ट्सलाई अग्रता बढाउने अवसर थियो ।

जितसंगै मिलानले च्याम्पियन्स लिगका दौडमा अंकगणितीय रुपमा आफुलाई कायमै राखेको छ । मिलान क्लब ४९ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । एसी मिलान चौथो स्थानको एटलान्टा भन्दा १४ अंकले पछाडी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर