• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

बन्द कोठामा कोरोना भाइरस १० मिटरभन्दा टाढासम्म फैलन सक्छ : वैज्ञानिक

एजेन्सी । विश्वभर संक्रमित बढिरहेका बीच ३२ देशका दुई सय बढी वैज्ञानिकको एक समूहले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग कोरोना भाइरसको प्रसारको सम्भावनालाई अझ गम्भिर रुपले लिन आग्रह गरेका छन् । 

वासिंटन पोष्टको खबरअनुसार, वैज्ञानिकहरुले कोरोनाको विषाणु बन्द कोठाभित्र दश मिटरभन्दा टाढासम्म फैलिन सक्ने भन्दै कोभिड–१९ स्वास्थ्य दिशानिर्देशनलाई लिएर गम्भिर हुन आग्रह गरेका छन् । 

वैज्ञानिकहरुले कोरोना भाइरस बोकेका सूक्ष्म थोपाहरु बन्द कोठामा १० मिटरभन्दा टाढासम्म फैलिन सक्ने बताएका छन् । 

यसबाट डब्लुएचओले दिएको भौतिक दुरीको नियमले कोरोना भाइरस नियन्त्रण गर्न नसकिने उनीहरुको भनाइ छ ।

२३९ वैज्ञानिकले डब्लुएचओलाई पत्र लेख्दै बन्द कोठामा पाँच माइक्रोमिटरभन्दा साना ड्रपलेटहरु १० मिटरभन्दा लामो दुरीसम्म फैलिन सक्ने जानकारी गराएका छन् । 

डब्लुएचओले भने कोरोना भाइरस नियन्त्रणको लागि कम्तीमा एक मिटरको भौतिक दुरी कायम राख्न, बारम्बार हात धुन र स्यानिटाइजर प्रयोग गर्न आग्रह गर्दै आए पनि अब यो नियम मात्र पर्याप्त नहुने वैज्ञानिकहरुको भनाइ छ ।

विश्वका विभिन्न मुलुकले निश्चित दूरी कायम गरी रेष्टुरेन्ट, पसल र सिनेमाजस्ता क्षेत्र खोल्न खोजिरहँदा आएको यस चेतावनीले झन् अन्यौल थपेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर