• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सेवानिबृत्त भएका प्रहरी महानिरीक्षक ज्ञवालीको बिदाइ

काठमाडौं । तीस वर्ष सेवा अवधि पुरा गरी सेवानिबृत्त भएका प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई विदाई गरिएको छ ।

ज्ञवालीका साथै प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक सूर्य प्रसाद उपाध्यायलाई पनि बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फूलमाला लगाई विदाई गरेका थिए । 

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक  ज्ञवालीले आफ्नो कार्यकालमा संगठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीहरुको कार्यक्षमता तथा कार्यकौशल अनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने र संगठनका हरेक सदस्यहरुको संगठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताए । 

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई दीर्घ सेवा सम्मान प्रदान गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर